कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
२०८३-०८-०५
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला, उदयपुरमा कार्यरत प्रहरी निरीक्षक अस्वीन तोलाङ्गेलाई २०८३ साल कात्तिक महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र व्यावसायिकता प्रदर्शन गर्दै आफ्नो पदीय कर्तव्य वहन गर्ने क्रममा प्रहरी निरीक्षक अस्वीन तोलाङ्गेले जिल्ला उदयपुर बेलका न.पा. वडा नं. ३ जगना स्थित गिदेरी खोलाको कासघारीमा १४ बर्षीय नावालिकालाई जबरजस्ती करणी गरी गर्भवती बनाई फरार भएका प्रतिवादी समिर परियारलाई खोजतलाश गर्ने क्रममा फेला पारी पक्राउ गरी सफल अनुसन्धान गरेको, जिल्ला उदयपुर बेलका न.पा. वडा नं. ९ रामपुर बजारमा पैदल यात्री बर्ष ५६ की लक्ष्मीमाया राईलाई ठक्कर दिई निजको मृत्यु भएको सवारी ज्यान मुद्दामा दुर्घटना गराई फरार भएको बोलेरो गाडी र चालक प्रेम बहादुर बि.क. लाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएको साथै जिल्ला उदयपुर बेलका न.पा. वडा नं. ७ स्थित पित्लाङ जङ्गलबाट बेवारिसे अवस्थामा लुकाई छिपाई राखेको २,८२०.५० के.जी. लागू औषध (गाँजा) फेला पारी बरामद गरेको र सोही स्थानमा अं. ६ रोपनी क्षेत्रफलमा रहेको २,२०० बोट गाँजा फडानी गरी नष्ट गर्ने समेतको सम्पूर्ण प्रक्रियागत कार्य अनुशासित, व्यावसायिक र कर्तव्यनिष्ठ तवरले उच्च मनोवलका साथ सम्पन्न गरी सफल अपराध अनुसन्धान र लागू औषध नियन्त्रणमा अनुकरणीय योगदान गरी प्रहरी संगठनको गरिमा एवं श्रीवृद्धिका लागि उत्कृष्ट कार्य सम्पादन गरेको हुँदा निज प्रहरी अधिकृतबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८३ साल कात्तिक महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरिएको हो ।