प्रहरी कार्यालय
नेपाली सेनाका हायर कमाण्ड एण्ड म्यानेजमेन्ट तालिममा सहभागी शिक्षार्थी अधिकृतहरुले अध्ययन भ्रमणको शिलसिलामा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको स्थलगत अवलोकन भ्रमण गर्नु भएको छ । असार २५ गते अध्ययन भ्रमणको शिलसिलामा कोशी प्रदेश प्रहरी कार्यालयमा आउनु भएका नेपाली सैनिक वार कलेज नगरकोटमा संचालन भईरहेको सि.सं. १४ हायर कमाण्ड एण्ड म्यानेजमेन्ट तालिममा सहभागी महासेनानीहरुको टोलीलाई कोशी प्रदेश प्रहरी कार्यालयमा स्वागत गर्दै …
मोरङको विराटनगर स्थित विग होटलमा मनसुन जन्य विपद व्यवस्थापन सम्वन्धि प्रदेश स्तरीय सुरक्षा समन्वय समितको वैठक सम्पन्न भएको छ । जेठ २८ गते कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय इन्द्रमणी पराजुलीको अध्यक्षता तथा कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको वैठकमा मनसुन जन्य घटना र विपद व्यवस्थापन सम्बन्धि बिस्तृत छलफल भएको थियो । …
झापा, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानहरुबाट जेठ ५ गते लागू औषध सहित १२ जनालाई पक्राउ गरिएको छ । सुनसरीको धरान उप-महानगरपालिका-१७ स्थितबाट कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर PIT, वडा प्रहरी कार्यालय धरान र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त प्रहरी टोलीले सोही स्थानका जानकी धामी, किरण राई, समिर राई र विशाल राज धामिलाई १५ ग्राम ३०० मिलिग्राम ब्राउन सुगर …
झापा र सुनसरीबाट प्रतिबन्धित लागू औषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बिहान पौने १० बजे इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले झापाको विर्तामोड नगरपालिका ५ शनिश्चरे रोड पाथीभरा टोल स्थितबाट विर्तामोड नगरपालिका १ का १९ बर्षीय अभिषेक राईलाई ब्राउन सुगर ११० मिलिग्राम, ASPAM नामक प्रतिबन्धित औषधी ४ ट्याब्लेट सहित र हिजै राती साँढे ९ बजे …
सुनसरीको धरान उप-महानगरपालिका-१३ स्थितबाट अनलाईन जुवा खेल्ने र खेलाउने कार्यमा सलग्न १० जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १४ गते राती बिशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको PIT समुह र वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-१३ स्थित रहेको क्याफेमा अनलाईन जुवा (1Xbet) खेल्ने र खेलाउने कार्यमा संलग्न धरान- १३ का ४६ बर्षीय हेमन राई, २७ …
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले Hospitality management (आतिथ्य व्यवस्थापन) सम्बन्धी विशेष तालिम संचालन गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजना तथा रत्ना होटल विराटनगरको समन्वय र सहकार्यमा वैशाख १० गतेबाट रत्ना होटलमा संचालन भएको उक्त तालिमको कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरे तथा रत्ना होटल विराटनगरकी प्रवन्ध निर्देशक जिना …
झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट चैत ०८ गते खटिएको प्रहरी टोलीले झापाको मेचीनगर नगरपालिका-६ स्थितमा चेकजाँचको क्रममा सर्लाही ईश्वरपुर नगरपालिका-४ घर भई हाल अर्जुनधारा नगरपालिका-११ स्थितमा डेरा गरी बस्दै आएका ३१ बर्षीय सनम बुर्जा मगरको साथबाट ७३ ग्राम ७७० मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रण लिएको …
सुनसरीको इलाका प्रहरी कार्यालय लौकही र लागु औषध नियन्त्रण ब्युरो विराटनगरले लागू औषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ । माघ २० गते सुनसरीको कोशी गाउँपालिका-१ र भोक्राहा नरसिंह गाउँपालिका-६ स्थितबाट धनकुटा नगरपालिका-९ का सुक्दिप राई र सहिदभुमी गाउँपालिका-४ का साजन राईलाई १० ग्राम ५२ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने सप्तरीका इश्वर प्रसाद भगतलाई ३ …