प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हुण्डी कारोवारमा संलग्न २ जना पक्राउ

२०८३-०६-०२

  • A
  • A-
  • A+
Share

जिल्ला प्रहरी कार्यालय सुनसरीले हुण्डी कारोवारमा संलग्न मोरङको विराटनगर महानगरपालिका-१५का ५६ बर्षीय शम्भु प्रसाद साह र विराटनगर-१७ का ३५ बर्षीय सुरज प्रसाद साहलाई पक्राउ गरेको छ । हुण्डी कारोवार भईरहेको भन्ने विशेष सुचनाको आधारमा शंकास्पद मानिसहरुको बैंकिङ कारोवार विश्लेषण गर्दै जाने क्रममा शम्भु प्रसाद साह र सुरज प्रसाद साहले अन्य मानिसहरुको मिलेमतोमा व्यक्तिगत तथा फर्मका नाममा रहेका बैंक खाता प्रयोग गरी १ अर्व ५७ करोड ६४ लाख ३९ हजार ३ सय ४० रुपैया ८१ पैसा बरामवरको रकम हुण्डीको माध्यमबाट कारोवार गरेको देखिएको थियो । असोज १ गते पक्राउ परेका दुवै जनाको हुण्डी सम्वन्धी कारोवार गर्न नहुने, संगठीत अपराध निवारण ऐन २०७० र सम्पति शुद्धिकरण निवारण ऐन २०६४  सम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।

 


सम्बन्धित समाचार
कोशी प्रदेश प्रहरी प्रमुखद्वारा मातहत प्रहरी प्रमुखहरुसँग Virtual माध्यमद्वारा त्रैमासिक प्रगति बिवरण समिक्षा
२०८३-०७-१७

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शेखर खनालले मातहत प्रहरी प्रमुखहरुसँग भर्चुअल माध्यमद्वारा त्रैमासिक प्रगति बिवण समिक्षा गर्नुका साथै आवश्यक निर्देशन समेत दिनु भएको छ । कार्तिक १७ गते भएको समिक्षामा कार्यसम्पादन सम्झौता बमोजिम श्रावण महिना देखि असोज महिना सम्म प्रहरी कार्यालयहरुद्वारा गरिएका कार्य प्रगति बिवरण सम्बन्धी समिक्षा, छलफल तथा अन्तरक्रिया गरिएको थियो । समिक्षामा प्रशासनिक तथा आन्तरिक व्यबस्थापन, प्रमाणमुखी अनुसन्धान, फरार प्रतिवादी पक्राउ, लागू औषध ओसार पसार तथा प्रयोगलाई नियन्त्रण, भन्सार छली नियन्त्रण, चोरी तथा लुटपाट, ला.पा.से. तथा मा.प.से. चेकजाँचमा कडाई, ध्वनि प्रदूषण, जुवाजन्य खेल,  साइबर अपराध, आर्थिक अपराध नियन्त्रण, सवारी दुर्घटना न्युनिकरण, समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बिभिन्न सचेतनामूलक कार्यक्रम लगायतका बिषयहरुमा प्रहरी नायव उपरीक्षक राम प्रसाद तिमल्सिनाले प्रस्तुतिकरण गर्नु भएको थियो । समिक्षा पश्चात कोशी प्रदेश प्रहरी प्रमुख खनालले कार्य सम्पादन सम्झौतामा उल्लेख भएका बुँदाहरुमा आधारित रहेर इमान्दारितापूर्वक र परिणाममुखी कार्य सम्पादन गर्न सबैलाई निर्देशन दिनुका साथै नजिकिदै गरेको तिहार तथा छठलाई लक्षित गरि हुने पटेकाजन्य पदार्थ बेचबिखन तथा ओसारपसारलाई रोक्न कडाईका साथ प्रहरी परिचालन गरि चेकजाँच गर्न तथा भन्सार छली, लागू औषध ओसारपोसार लगायत जुवातासजन्य खेललाई पुर्ण रुपमा नियन्त्रणमा लिन प्रहरी परिचालन गर्न निर्देशन दिनु भयो । कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठ, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा, प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया, कोशी प्रदेश प्रहरी गण विराटनगरका प्रमुख प्रहरी उपरीक्षक मान बहादुर राई लगायत सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुका साथै प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

७ हजार ८ सय २६ किलो ८१० ग्राम गाँजा सहित ट्रक नियन्त्रण
२०८३-०७-१७

उदयपुरको बेलका नगरपालिका-८ मैनामैनी स्थितबाट ७ हजार ८ सय २६ किलो ८१० ग्राम गाँजा बोकेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । कार्तिक १५ गते बेलुका विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश रामपुर उदयपुरबाट परिचालित टोलीले मैनामैनी-कोठु भित्रि सडक खण्डमा प्रदेश १-०२-००२ ख ०२०६ नम्वरको ट्रक रोकी चेकजाँच गर्ने क्रममा ट्रकमा कालो प्लाष्टिकले छोपी २४६ वटा प्लास्टिकको बोरामा प्याक गरी लोड गरेको अवस्थामा ७ हजार ८ सय २६ किलो ८१० ग्राम गाँजा बरामद गरेको हो । बरामद भएका लागू औषध गाँजा र ट्रक इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा आवश्यक कानूनी कारवाहीको लागि बुझाएको छ । ट्रकमा गाँजा बरामद भएसंगै ओसार पसारमा संलग्न चालक तथा अन्य व्यक्तिको खोज तलास तथा थप अनुसन्धान भईरहेको छ ।

सोलुखुम्बुमा २ वटा हेली दुर्घटना हुँदा १ जना मृत्यु ३ जना घाईते
२०८३-०७-१७

सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका-४, फेरुचे स्थित फेरुचे हेलिप्याडमा २ वटा हेलिकप्टर ल्यान्ड गर्ने क्रममा एक आपसमा ठक्कर लागि दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन । कार्तिक १७ गते बिहान ०८:१० बजेको समयमा फिस्टेल एयर र डाइनेष्टि ऐयरको हेलिकप्टर ल्यान्ड गर्ने क्रममा एक आपसमा ठक्कर लागि दुर्घटना हुँदा फिस्टेल एयरमा सवार भारत तमिलनाडु, चेन्नईका ४७ बर्षीय वसन्त कुमार बलरामुडुको घटनास्थलमै मृत्यु भएको र भारतीय मूलका न्युजिल्याण्ड नागरिक ४९ वर्षीय सेलिश कुमार पटेल, फिस्टेल एयरका पाइलट रविन्द्र प्रजापति घाइते भएकोमा थप उपचारको लागि प्रभु एयरको हेलीद्वारा मेडिसिटी अस्पताल काठमाण्डौं पठाइएको छ । डाइनेस्टि एयरका पाइलट प्रज्वल के.सी. निकोल निक्की अस्पताल लुक्लामा उपचार पश्चात डिस्चार्ज भई डाईनेष्टि हेलीद्वारा काठमान्डौ तर्फ गएका छन । घटना स्थलमा अस्थायी प्रहरी चौकी दिङबुचेको प्रहरी टोली रहेको छ ।

लागू औषध सहित ६ जना पक्राउ
२०८३-०७-१७

झापा, मोरङ र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित ६ जनालाई पक्राउ गरिएको छ ।कात्तिक १६ गते चेकजाँचको क्रममा झापाको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले मेचीनगर नगरपालिका-६ मेचीपुल स्थितमा मेचीनगर-१० का मेहबुब आलमलाई ११ ग्राम ४७० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय झिलझिलेले शिबसताक्षी नगरपालिका-५ का राजेन्द्र गणेश र शिवसताक्षी-६ का गंगाराम मर्डीलाई २ ग्राम ५५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा मोरङको इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे नगरपालिका-१० का रुपेश सार्कीलाई २ ग्राम ब्राउन सगुर सहित र इलाका प्रहरी कार्यालय लौकही सुनसरीले धनकुटा सागुरीगढी गाउँपालिका-६ का स्याङवो तामाङ र पाँचथर याङवरक गाउँपालिका-१ की निश्मा राईलाई ११ ग्राम १३ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

१०० ग्राम ८०० मिलिग्राम ब्राउन सुगर सहित १ जना पक्राउ
२०८३-०७-१६

मोरङको जहदा गाउँपालिका-१ भुटाहा चोकबाट १०० ग्राम ८०० मिलिग्राम ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जहदा गाउँपालिका-२ का १९ बर्षीय प्रवेश कुमार राजवंशी रहेका छन् ।  कार्तिक १५ गते दिउँसो ३ बजे इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिडिरहेको पैदल यात्री राजवंशीलाई चेकजाँच गर्दा निजको साथबाट र घरबाट समेत गरी १०० ग्राम ८०० मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।