प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कोशी प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय सुनसरीको निरीक्षण भ्रमण, कठिन परिस्थिति र चुनौतीहरूको सहज रूपमा सामना गर्न निर्देशन

२०८२-०८-२४

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरेले जिल्ला प्रहरी कार्यालय सुनरीको निरीक्षण भ्रमण गर्नु भएको छ । मंसिर २४ गते निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पूर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै जिल्ला प्रहरी कार्यालय तथा अन्तरगत रहेका प्रहरी इकाईहरु समेतबाट उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन दिनु भएको छ ।

निर्देशनको क्रममा वहाँले जस्तो सुकै कठिन परिस्थिति र चुनौतीहरूको समेत सहज रूपमा सामना गरी कुनै दवाब, प्रभाव र प्रलोभनमा नपरी व्यक्तिगत हित भन्दा माथि उठेर संगठनको गरिमालाई सदैव उच्च राखी नागरिक मैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ । प्रहरीको दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई शान्ति सुरक्षा प्रभावकारी बनाउन, खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, चोरी तस्करी, लागुऔषधको ओसार पसारका घटनाहरुलाई नियन्त्रण गर्न कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाउन तथा  कार्यालयमा आउने सेवाग्राहीहरुको पिरमार्कालाई प्रथामिकतामा राखि प्रविधि मैत्री नागरिक सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ ।

यसै गरी भित्री ग्रामिण बस्तीहरुमा बसोवास गर्ने नागरिकहरुको समस्या पिरमार्काको सुनवाई गर्न तथा सचेतनामुलक कार्यक्रमहरु संचालन गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउन साथै आगामी निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन आफ्नो पदिय जिम्मेवारी अनुसार त्रुटि रहित तवरले कार्य गर्न निर्देशन दिनु भएको छ । निरीक्षण भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख घिमिरेलाई जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशव कुमार थेवेले जिल्लाको शान्ति सुरक्षाको बारेमा अवगत गराउनु भएको थियो । निरीक्षण भ्रमणको क्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया समेतको उपस्थिती रहेको थियो ।

 

 


सम्बन्धित समाचार
लागू औषध सहित ३ जना पक्राउ
२०८३-०१-०३

सुनसरी र मोरङबाट लागू औषधमा संलग्न ३ जना पक्राउ परेका छन । वैशाख ०२ गते मोरङको इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरले चेकजाँचको क्रममा विराटनगर-१५ स्थितबाट २० ग्राम ५५० मिलिग्राम ब्राउन सुगर सहित काठमाडौं महानगरपालिका-२६ का सयल थापा मगरलाई नियन्त्रणमा लिएको छ । यसै गरी सुनसरीको अस्थायी प्रहरी चौकी नडाहाले बराहक्षेत्र नगरपालिका-३ स्थितबाट उदयपुर चौदण्डीगढी नगरपालिका- ६ का राज राई र खुसे राईलाई प्रतिबन्धित लागू औषध ट्रामाडोल १ हजार ६१० क्याप्सुल र नियन्त्रित औषधी स्पास्पेन १ हजार ६०९ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ । चेकजाँचकै क्रममा इलाका प्रहरी कार्यालय हरिनगराले इनरुवा नगरपालिका- १० स्थित सडक छेउमा रोकी राखेको को. १ च ३६११ नम्बरको कारबाट १५ किलो ६०० ग्राम गाँजा बरामद गरे संगै नियन्त्रणमा लिएको छ ।

अवकास प्राप्‍त प्रहरी वरिष्ठ नायव निरीक्षकको विदाई
२०८३-०१-०३

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा आयोजित एक कार्यक्रमका विच अवकास प्राप्‍त प्रहरी वरिष्ठ नायव निरीक्षक बिरेन्द्र कार्कीको बिदाई कार्यक्रम सम्पन्न भएको छ । वैशाख ३ गते कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले ३० बर्ष सेवा अवधी पुरा गरी अनिवार्य अवकास हुनु भएका कार्कीलाई धन्यवाद तथा शुभकामना सहित बिदाई गर्नु भएको हो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले नेपाल प्रहरीमा रहेर ३० बर्ष सेवा अभधिभर संगठनलाई कार्कीले पुर्याउनु भएको योग्दानको उच्च कदर गर्दै अवकास पश्चात पनि समाजमा शान्ति-सुरक्षा कायम राख्न बिना वर्दीको प्रहरीको रुपमा रहन आग्रह गर्नुका साथै व्यक्तिगत तथा सामाजिक जीवनको सफलताको शुभकामना व्यक्त गर्नुभएको भएको छ । कार्यक्रममा अवकास हुनु भएका प्रहरी वरिष्ठ नायव निरीक्षक विरेन्द्र कार्कीले प्रहरी सेवामा रहँदाको जिम्मेवारी र अनुभव सहितको विदाई मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीया सहित सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुका साथै प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

२ सय २५ किलोग्राम गाँजा सहित २ जना पक्राउ
२०८३-०१-०२

सुनसरीको बराहक्षेत्र नगरपालिका-६ स्थित सप्तकोशी नदी किनारबाट २ सय २५ किलोग्राम गाँजा सहित ओसार पसारमा संलग्न रहेका २ जनालाई पक्राउ गरिएको छ । वैशाख १ गते राती ९ बजे विषेश सुचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका-६ स्थित सप्तकोशी नदी किनारमा बगाएर ढुवानी गर्ने बाँसको झाकमुनी प्लास्टिको ९ वटा बोरामा बाँधी लुकाई छिपाई राखेको अवस्थामा २ सय २५ किलोग्राम गाँजा सहित ओसार पसारमा संलग्न बराहक्षेत्र नगरपालिका-६ का बिशेस माझी र रोशन श्रेष्ठलाई को. ३० प ९४७५ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो । गाँजा सहित पक्राउ परेका दुबै जनाको थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाही भईरहेको छ ।

लागू औषध ब्राउन सुगर सहित ६ जना पक्राउ
२०८२-१२-३०

झापा र सुनसरीबाट लागू औषध ब्राउन सुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत २९ गते झापाको गौरीगंज गाउँपालिका- ३ स्थित बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले सोहि स्थानका रोशन डोम र गौरादह- ८ का पुजन चौधरीलाई ४ सय ७० मिलिग्राम ब्राउन सुगर र ६ ग्राम ७८० मिलिग्राम गाँजा सहित पक्राउ गरेको हो भने गौरादह नगरपालिका- १ बाट इलाका प्रहरी कार्यालय गौरादहले सोहि स्थानका साने भन्ने सुरेन्द्र टुडु, सन्तोष ताजपुरिया र अर्पित थापालाई ३४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यस्तै सुनसरीको ईनरुवा नगरपालिका- ४ बाट जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कले मे. २ प ९८७९ नम्बरको मोटरसाईकल चालक मोरङ केराबारी- ५ का बिमल भन्ने खगेन्द्र मगरलाई ६ ग्राम ६५ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।