७ हजार ८ सय २६ किलो ८१० ग्राम गाँजा सहित ट्रक नियन्त्रण
२०८३-०७-१७
उदयपुरको बेलका नगरपालिका-८ मैनामैनी स्थितबाट ७ हजार ८ सय २६ किलो ८१० ग्राम गाँजा बोकेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । कार्तिक १५ गते बेलुका विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश रामपुर उदयपुरबाट परिचालित टोलीले मैनामैनी-कोठु भित्रि सडक खण्डमा प्रदेश १-०२-००२ ख ०२०६ नम्वरको ट्रक रोकी चेकजाँच गर्ने क्रममा ट्रकमा कालो प्लाष्टिकले छोपी २४६ वटा प्लास्टिकको बोरामा प्याक गरी लोड गरेको अवस्थामा ७ हजार ८ सय २६ किलो ८१० ग्राम गाँजा बरामद गरेको हो । बरामद भएका लागू औषध गाँजा र ट्रक इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा आवश्यक कानूनी कारवाहीको लागि बुझाएको छ । ट्रकमा गाँजा बरामद भएसंगै ओसार पसारमा संलग्न चालक तथा अन्य व्यक्तिको खोज तलास तथा थप अनुसन्धान भईरहेको छ ।