ब्राउन सुगर र प्रतिबन्धित औषधिसहित २ भारतीय नागरिक पक्राउ
२०८३-०४-१७
- A
- A-
- A+
साउन १६ गते झापाको कनकाई नगरपालिका–२ स्थितबाट इलाका प्रहरी कार्यालय सुरुङ्गा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले भारत, बिहार राज्य, अररियाका २८ वर्षीय मो. एजवाल र सोही स्थानका २७ वर्षीय अझर अन्सारीलाई ब्राउन सुगर १०२ ग्राम ३१ मिलिग्राम, निटाजिन वर्ग ७ हजार ४५० ट्याब्लेट र ट्रामाडोल ७ हजार २०० क्याप्सुल सहित पक्राउ गरेको छ ।
पक्राउ परेका दुवै जनाको थप अनुसन्धान कार्य भइरहेको छ ।