प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध गाँजा बेचविखनमा संलग्न १ जना पक्राउ

२०८३-०६-०६

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर PIT र इलाका प्रहरी कार्यालय धरानबाट परिचालित प्रहरी टोलीले लागू औषध बेचविखनमा संलग्न १ जनालाई पक्राउ गरेको छ । असोज ५ गते अपरान्ह धरान-१४ बिजयपुर डाँडा स्थितमा लागू औषध गाँजा बेचविखन भरहेको भन्ने सुचनाको आधारमा परिचालित प्रहरी टोलीले भोजपुर घर भई बिजयपुर डाँडा स्थितमा कोठा भाडा लिई बस्दै आएका २३ बर्षीय रितेश राईको कोठा खानतलासी गर्दा  ६३० ग्राम लागू औषध गाँजा, डिजिटल तराजु १ थान  र गाँजा बेचबिखन गरेको अबैध रकम ८ लाख ८७ हजार ७ सय रुपैंया बरामद गरेको थियो । गाँजा सहित पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाही भईरहेको छ ।


सम्बन्धित समाचार
बिभिन्न मुद्दाका ५ जना फरार प्रतिवादीहरु पक्राउ
२०८३-०६-०६

विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जना फरार प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारेर पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोज तलासको क्रममा असोज ५ गते मोरङबाट २ जना, सुनसरीबाट २ जना, ताप्लेजुङबाट १ जना र उदयपुरबाट १ जना गरी जम्मा ६ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट १ बर्ष ९ महिना १ दिन कैद सजाय र १ लाख १९ हजार रुपैयाँ जरिवाना वापतको रकम असुल उपर भएको छ भने सबैजनालाई कैद भुक्तानको लागी कारागार पठाएको छ ।

लागू औषध सहित ७ जना पक्राउ
२०८३-०६-०६

सुनसरी, धनकुटा  र उदयपुर जिल्लाको विभिन्न स्थानहरुबाट असोज ५ गते लागू औषध सहित ७ जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट खटिएको प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका-६ स्थितबाट सोही स्थानकी अन्सु राईलाई ७ किलो ५०० ग्राम लागू औषध गाँजा सहित, इलाका प्रहरी कार्यालय धरानले  धरान उप-महानगरपालिका-१६का २४ वर्षिय कबिर सहनी, धरान-१४ का सुनिल दाहाल र धरान-१३ का सुचम्वर राईलाई १ ग्राम ९१० मिलिग्राम ब्राउन सुगर र बिभिन्न प्रकारका प्रतिबन्धित औषधी १ हजार २०४  ट्याब्लेट सहित पक्राउ गरेको छ । त्यसैगरी धनकुटाको प्रहरी चौकी अखिसल्लाले शहिदभुमी गाउँपालिका-७ का २१ वर्षिय प्रगत राईलाई ट्रामोल-२९० क्याप्सुल र स्पास्पेन-२९० क्यापसुल सहित, प्रहरी चौकी मुलघाटले भोजपुर टेम्केमैयुङ गाउँपालिका-१ का २२ वर्षिय भोला राई र भोजपुर नगरपालिका-६ का २४ वर्षिय प्रविन राईलाई १ ग्राम २३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने उदयपुरको इलाका प्रहरी कार्यालय रामपुरले बेलका नगरपालिका-४ स्थितबाट बा ६२ प ११८२० नम्बरको मोटरसाईकललाई संका लागी चेकजाँच गर्दा २ ग्राम ७२० मिलिग्राम ब्राउन सुगर र नाट्राजेपाम २० ट्याव्लेट र ट्रामाडोल १५१० क्याप्सुल प्रतिबन्धित औषधि फेला पारी नियन्त्रणमा लिएको छ । पक्राउ परेको सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

बिभिन्न मुद्दाका १४ जना फरार प्रतिवादीहरु पक्राउ
२०८३-०६-०५

विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका १४ जना फरार प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारेर पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोज तलासको क्रममा असोज ४ गते मोरङबाट ८ जना, सुनसरीबाट १ जना, ताप्लेजुङबाट ४ जना र उदयपुरबाट १ जना गरी जम्मा १४ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट ३ बर्ष ३ महिना कैद सजाय र २ लाख ५३ हजार १ सय रुपैयाँ जरिवाना वापतको रकम असुल उपर भएको छ भने सबैजनालाई कैद भुक्तानको लागी कारागार पठाएको छ ।  

लागू औषध सहित ३ जना पक्राउ
२०८३-०६-०५

सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित ३ जनालाई पक्राउ गरिएको छ । असोज ५ गते जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका-४ स्थितबाट मोरङको मिक्लाजुङ गाउँपालिका-५ का ३१ वर्षिय निरोज माली र ३० वर्षिय दिपेश नेपालीलाई ट्रामाडोल-५३० क्यापसुल , नाईट्रोजापाम- १० ट्याबलेट प्रतिबन्धित औषधि र १ ग्राम ८ मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय इटहरीले इटहरी उप-महानगरपालिका-५ का २३ वर्षिय बसन्त खत्रीलाई ३६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेको तिनैजनाको थप अनुसन्धान भइ रहेको छ ।  

बिभिन्न मुद्दाका ३ जना फरार प्रतिवादीहरु पक्राउ
२०८३-०६-०४

विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ३  जना फरार प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारेर पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोज तलासको क्रममा असोज ३ गते झापाबाट २ जना र उदयपुरबाट १ जना गरी जम्मा ३ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट १८ बर्ष कैद सजाय र १ लाख २ हजार २ सय रुपैयाँ जरिवाना वापतको रकम असुल उपर भएको छ भने सबैजनालाई कैद भुक्तानको लागी कारागार पठाएको छ ।