प्रतिबन्धित औषधिसहित ३ जना पक्राउ
२०८३-०७-०७
- A
- A-
- A+
मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानहरुबाट प्रतिबन्धित औषधिसहित ३ जनालाई पक्राउ गरिएको छ।
कात्तिक ५ गते मोरङको इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैँचा नगरपालिका–१०, त्रिवेणी चोकका २७ वर्षीय समिर राईलाई स्पास्पेन ३७० ट्याब्लेट र ट्रामाडोल ३८० ट्याब्लेट सहित पक्राउ गरेको छ।
त्यसैगरी, सुनसरीको धरान उप-महानगरपालिका–५, देउराली मंगल चोकका २६ वर्षीय उत्तम राई र १७ वर्षीय सागर राईलाई ट्रामाडोल ३६० ट्याब्लेट र स्पास्पेन ३६२ ट्याब्लेटसहित इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ।
पक्राउ परेका तीनै जनाको थप अनुसन्धान भइरहेको छ।