लागू औषध सहित १२ जना पक्राउ
२०८३-०३-३२
- A
- A-
- A+
कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियान अन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न १२ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको साथबाट लागू औषध ब्राउन सुगर ४१ ग्राम १९६ मिलिग्राम र १ थान स्कुटी बरामद भएको छ ।
....................... ....................... .................................. ............................... ....................................
लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रंगेली मोरङबाट रंगेली नगरपालिका- ६ र ७ स्थित खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मलद्धवारमा कालो प्लाष्टिकको पोका पारी लुकाई छिपाई राखेको अवस्थामा ३१ ग्राम ५६ मिलिग्राम ब्राउन सुगर फेला पारी बरानद गरेसगै बेचबिखानमा संलग्न पथरी शनिश्चरे नगरपालिका- १ का भुपाल कार्की, इलाम चुलाचुली गाउँपालिका- १ घर भई हाल पथरी शनिश्चरे- १ स्थित बस्दै आएका २३ बर्षीय सम्योक वानेम फागो र सोही स्थानकी २० बर्षीया भुमिका फागोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै सुनसरीको इटहरी- ४ बाट इलाका प्रहरी कार्यालय इटहरीले ९१० मिलिग्राम र को. २७ प ८७३७ नम्बरको स्कुटि सहित कानेपोकरी गाउँपालिका- ५ का २८ बर्षीय बिनोद बयाँलकोटी, सप्तरी हनुमाननगरका २५ बर्षीय रोशन पाण्डे र लेटाङ नगरपालिका-५ की २९ बर्षीय स्मृती मगरलाई पक्राउ गरेको हो भने धरान- ५ बाट अस्थायी प्रहरी चौकी देउरालीले सोहि स्थानका चोक्मान तामाङलाई १ ग्राम ६४० मिलिग्राम सहित र धरान- १९ बाट वडा प्रहरी कार्यालय धरानले सोहि विजय लिम्बु र पुर्ण श्रेष्ठलाई १ ग्राम ५१० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।
झापाको मेचीनगर नगरपालिका- ६ बाट इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाले बिर्तामोड नगरपालिका- १ का ३० बर्षीय मो. सदाम हुसेन र भारत घर भई हाल बिर्तामोड नगरपालिका- ५ स्थित बस्दै आएका १९ बर्षीय मुबारक अली र इलाम फाकफोकथुम गाउँपालिका- ३ का रमेश थेगिमलाई ६ ग्राम ८० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।