लागू औषध सहित ४ जना पक्राउ
२०८३-०५-२१
- A
- A-
- A+
झापा, तेह्रथुम र मोरङको छुट्टा छुट्टै स्थानहरुबाट भदौ २० गते लागू औषध सहित ४ जनालाई पक्राउ गरीएको छ । झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट इलाका प्रहरी कार्यालय काकँरभिट्टा र लागू औषध नियन्त्रण व्युरो काँकरभिट्टाको प्रहरी टोलीले मेचीनगर-१३ का २३ वर्षीय विवेक राजवंशीलाई ३ ग्राम ७१० मिलिग्राम ब्राउन सुगर सहित, प्रहरी चौकी शरणामतीले बिर्तामोड नगरपालिका-२ का २५ वर्षीय सनम शेर्मालाई ४ ग्राम ३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
यसैगरी अस्थायी प्रहरी पोष्ट चित्रे तेह्रथुमले धनकुटाको महालक्ष्मी नगरपालिका-१ का २९ वर्षीय सुजित भण्डारीलाई ट्रामाडोल ३८ क्याप्सुल र डिकोलिक ३८ ट्याब्लेट सहित पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय पथरी मोरङले पथरी शनिश्चरे-८ स्थितबाट कानेपोखरी गाउँपालिका-४ का ३४ वर्षीय राज कुमार लिम्बुलाई ८५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेका सबैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।