लागूऔषध सहित ४जना पक्राउ
२०८३-०७-२६
मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रतिबन्धित औषधि र लागूऔषध सहित ४ जनालाई पक्राउ गरिएको छ ।
कात्तिक २५ गते मोरङको इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको टोलीले को २० प ४७२३ नम्बरको स्कुटर जाँच गर्ने क्रममा चालक पथरीशनिश्चरे नगरपालिका–४ का ४१ वर्षीय जयराम राई र सोही स्थानकी २४ वर्षीया अस्मिता चौधरीलाई ट्रामाडोल–७५ र स्पास्पेन–७५ क्याप्सुल सहित पक्राउ गरेको हो।
त्यस्तै, सुनसरीको प्रहरी चौकी नरसिंहटप्पुबाट खटिएको टोलीले को ३० प ८४७२ नम्बरको स्कुटर जाँच गर्दा चालक धरान उपमहानगरपालिका–१५ का २८ वर्षीय बिगेश घोर्साने र २४ वर्षीय आशिष लिम्बुलाई ८६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ।
पक्राउ परेका चारै जनाको थप अनुसन्धान भइरहेको छ।