२८९ ग्राम ७२० मिलिग्राम ब्राउन सुगर र नगद ४ लाख ७१ हजार रुपैयाँ सहित २ जना पक्राउ
२०८३-०३-१५
- A
- A-
- A+
इलाका प्रहरी कार्यालय रानी मोरङ र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले २८९ ग्राम ७२० मिलिग्राम लागू औषध ब्राउन सुगर र नगद ४ लाख ७१ हजार रुपैयाँ सहित २ जनालाई पक्राउ गरेको छ । असार १४ गते चेकजाँचमा खटिएको प्रहरी टोलीले मोरङको विराटनगर महानगरपालिका-१५ स्थित २ नम्बर ढाटमा भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेका भारत पश्चिम बंगाल दक्षिण दिनाजपुरका ३२ वर्षीय चञ्चल सिकदारको साथबाट २८९ ग्राम ७२० मिलिग्राम खैरो हिरोइन बरामद गरेको थियो भने कारोबारमा संलग्न जुम्लाको चन्दननाथ नगरपालिका–८ का २५ वर्षीय तेज रावललाई प्रदेश ०२ - ०२४ प ०१७७ नम्बरको मोटरसाइकल र नगद ४ लाख ७१ हजार रुपैयाँ सहित कोशी गाउँपालिका-८ भान्टावारी स्थितबाट पक्राउ गरेको छ । पक्राउ परेका दुबैजनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।