लागू औषध ब्राउन सुगर सहित २ जना पक्राउ
२०८३-०७-२१
- A
- A-
- A+
मोरङको रंगेली नगरपालिका- ४ बाट लागू औषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २० गते इलाका प्रहरी कार्यालय रंगेली र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले रंगेली- ४ बाट बेलबारी नगरपालिका- १ का बिबेक राई र पथरीशनिश्चरे नगरपालिका- ८ का खिम बहादुर कटुवाललाई ६ ग्राम ५२३ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।