लागू औषध र प्रतिबन्धित औषधि सहित ७ जना पक्राउ
२०८३-०५-१३
- A
- A-
- A+
उदयपुर र सुनसरीबाट लागू औषध सहित ७ जनालाई पक्राउ गरिएको छ ।
भदौ १२ गते उदयपुरको बेलका नगरपालिका-५ शिखरमाडी स्थितमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २५ वर्षीय आशिष राईलाई ट्रामाल्याब २ सय २४ क्याप्सुल, डिक्लो स्पास - २ सय १५ ट्याब्लेट प्रतिबन्धित औषधि सहित पक्राउ गरेको छ ।
त्यसैगरी सुनसरीको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका-०३ श्रीपुर जाने बाटो स्थित जंगलको कासघारीमा त्रिपालले छोपेर राखेको बेवारिसे अवस्थामा रहेको १७ बोरामा ५ सय ७५ किलोग्राम लागू औषध गाँजा बरामद गरेको छ भने सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका-१ स्थितबाट मोरङ बेलबारी नगरपालिका-११ का ४७ वर्षीय दिनेश दाहाल र सुन्दरहरैंचा नगरपालिका-६ का १८ वर्षीय अरुण मगरलाई नाइटोसन- ७४ ट्याब्लेट, डिसिकोमाइन- ८ क्याप्सुल प्रतिबन्धित औषधि सहित, जिल्ला प्रहरी कार्यालय सुनसरीले इटहरी उपमहानगरपालिका-५ का ३५ वर्षीय सुमन कार्कीको साथबाट ८ सय २० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय महेन्द्रनगरले प्र.०१-०२-०५२ प ९४०३ नम्बरको मोटरसाइकलमा चालक बराहक्षेत्र नगरपालिका-१०का १९ वर्षीय दिप कार्की र सवार १९ वर्षीय कृष्ण आचार्यलाई ट्रामाडोल- ६ सय ५० क्याप्सुल र स्पासरेस्ट- ५० ट्याब्लेट प्रतिबन्धित औषधि सहित पक्राउ गरेको छ ।