लागू औषध सहित ३ जना पक्राउ
२०८३-०५-२५
- A
- A-
- A+
झापा र सुनसरीबाट लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ २४ गते बजे कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) र अस्थायी प्रहरी चौकी देउरालीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सुनसरी धरान-५ का आकाश राईलाई प्रतिबन्धित औषधी १२९ ट्याब्लेट सहित पक्राउ गरेको छ । त्यस्तै झापाको इलाका प्रहरी कार्यालय झिलझिलेले शिवसताक्षी नगरपालिका-६ का दिपक ताजपुरीया र सनम ताजपुरीयालाई २७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।