ब्राउन सुगर सहित जना ३ पक्राउ
२०८३-०१-०६
- A
- A-
- A+
झापा र मोरङ जिल्लाको विभिन्न स्थानहरुबाट ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरिएको छ । वैशाख ५ गते झापाको इलाका प्रहरी कार्यालय झिलझिले चेकजाँचको क्रममा शीवसताक्षी नगरपालिका-७ का गंगा बहादुर मगरलाई १३ ग्राम २०० मिलिग्राम लागु औषध ब्राउन सुगर सहित र वडा प्रहरी कार्यालय भद्रपुरले बिर्तामोड नगरपालिका-३ का हरि प्रसाद राजवंशीलाई ३ ग्राम २० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा मोरङको इलाका प्रहरी कार्यालय सिजुवाले रतुवामाई नगरपालिका-७ का अमिल लिम्बुलाई ११० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।