१७ हजार १ सय ५० पिस प्रतिबन्धित औषधी सहित १ जना पक्राउ
२०८३-०१-०८
- A
- A-
- A+
सुनसरीको धरान उप-महानगपालिका-१६ स्थीतबाट १७ हजार १ सय ५० पिस प्रतिबन्धित औषधी सहित १ जनालाई पक्राउ गरिएको छ ।
वैशाख ७ गते गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय धरान र कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रादेशीक अनुसन्धान समुह (PIT) बाट खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका-१६ स्थितबाट स्थानिय २० वर्षिय राहुल आचार्यलाई ट्रामाडोल ३,१०० क्याप्सुल र स्पास्पेन १४,०५० ट्याब्लेट प्रतिबन्धित औषधी सहित पक्राउ गरेको हो ।
पक्राउ परेका आचार्यको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।