विमानस्थलबाट लागूऔषध ब्राउन सुगर सहित १ जना पक्राउ
२०८३-०४-१४
- A
- A-
- A+
मोरङको विराटनगर स्थित विमानस्थलबाट ब्राउन सुगर सहित ओसार पसारमा संलग्न विराटनगर महानगरपालिका-५ का २४ बर्षीय सुशान्त खड्कालाई प्रहरीले पक्राउ गरेको छ । साउन १३ गते बेलुका ७ बजे विमानस्थल सुरक्षार्थ खटिएको प्रहरी टोलीले विमान स्थलको प्रस्थान केन्द्रको X-Ray मेसिनमा समानहरु चेकजाँच गर्ने क्रममा विराटनगर-९ महेन्द्रचोक स्थित रहेको Expo Xpress कुरियर मार्फत विराटनगरका राघव झा नाम गरेको व्यक्तिको नामबाट काठमाण्डौ पठाउन लागेको स्पोर्टस जुत्ताको कार्गोमा प्लास्टिकमा पोको पारी जुत्ता भित्रको सोलमा लुकाई छिपाई राखेको अवस्थामा १८ ग्राम ४८ मिलिग्राम लागूऔषध ब्राउन सुगर बरामद गरेको हो ।
उक्त ब्राउन सुगर बरामद भए संगै ओसार पसारमा संलग्न कुरियर कर्ता खडकालाई विमानस्थलबाटै पक्राउ गरिएको छ । पक्राउ परका खडकाको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाही भईरहेको छ ।