१०० ग्राम ८०० मिलिग्राम ब्राउन सुगर सहित १ जना पक्राउ
२०८३-०७-१६
- A
- A-
- A+
मोरङको जहदा गाउँपालिका-१ भुटाहा चोकबाट १०० ग्राम ८०० मिलिग्राम ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जहदा गाउँपालिका-२ का १९ बर्षीय प्रवेश कुमार राजवंशी रहेका छन् । कार्तिक १५ गते दिउँसो ३ बजे इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिडिरहेको पैदल यात्री राजवंशीलाई चेकजाँच गर्दा निजको साथबाट र घरबाट समेत गरी १०० ग्राम ८०० मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।