लागू औषध सहित ३ जना पक्राउ
२०८२-०९-०२
- A
- A-
- A+
लागू औषध सहित ३ जना पक्राउ
विराटनगर, पुस २ गते ।
सुनसरी र धनकुटाबाट लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस १ गते सुनसरीको प्रहरी चौकी खनारबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ईटहरी-१३ स्थितबाट बा ४२ प ८३८३ नम्बरको मोटरसाईकल चालक रामधुनी नगरपालिका-१ झुम्काका विशाल सरदारलाई २५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसै गरी धनकुटाको छथरजोरपाटी -६ का प्रेम गुरुङ र तेह्रथुमको लालीगुराँस-२ का तुलसी पौडेललाई ३०० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित जिल्ला प्रहरी कार्यालय धनकुटाले नियनत्रणमा लिएको छ । लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।