लागू औषध सहित १० जना पक्राउ
२०८३-०७-२३
- A
- A-
- A+
झापा र मोरङबाट लागू औषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २२ गते मोरङको बेलबारी नगरपालिका- २ लालभित्तीका भोज बहादुर राईलाई इलाका प्रहरी कार्यालय बेलबारीले १८ ग्राम २४० मिलिग्राम ब्राउन सुगर सहित उनकै घरबाट पक्राउ गरेको हो भने लेटाङ नगरपालिका-८ र ९ बाट इलाका प्रहरी कार्यालय लेटाङ र अस्थायी प्रहरी चौकी जाँतेले ट्रामाडोल १६ ट्याब्लेट र स्पासपेन प्रो १६ ट्याब्लेट सहित बेचबिखनमा संलग्न अभिशेक क्षेत्री, करण मंग्राती, बिद्यानन्द सारु मगर, बसन्त मगर, बिनोद राई, हिमाल मगर र मनोज मगरलाई पक्राउ गरेको हो । त्यस्तै झापाको बिर्तामोड- ५ बाट पाँचथर हिलिहाङ गाउँपालिका- ७ का बिशाल राई र बिक्रम राईलाई अस्थायी प्रहरी पोष्ट बसपार्कले ५ ग्राम ४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्दान भईरहेको छ ।