लागू औषध सहित ४ जना पक्राउ
२०८३-०१-२६
झापा र सुनसरी जिल्लाको विभिन्न स्थानबाट लागू औषध सहित ४ जनालाई पक्राउ गरिएको छ ।
बैशाख २५ गते विषेश सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) को टोलीले धरान उप-महानगरपालिका-९ स्थितबाट धरान-१६का क्षितिज भण्डारी, काठमाण्डौं महानगरपालिका-६का समिर दियाली, सिन्धुपाल्चोक मेलम्ची-४ का सन्देश तामाङलाई ३६ ग्राम ९१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ । त्यसैगरी झापाको अस्थायी प्रहरी चौकी बसपार्कले अर्जुनधारा नगरपालिका-११ स्थितबाट दमक नगरपालिका-२ का सुमन थापालाई ५ सय ८९ चक्की प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ ।