प्रतिबन्धित लागू औषध सहित ७ जना पक्राउ
२०८३-०४-२३
- A
- A-
- A+
जिल्लाको विभिन्न स्थानबाट प्रतिबन्धित लागू औषध सहित ७ जना पक्राउ परेका छन ।
साउन २२ गते जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ वालिङ स्थित मध्यपहाडी लोकमार्गको जंगलमा शंकास्पद अवस्थामा रोकिराखेको प्र.१-०२-००२ ख ००८३ नम्बरको ट्रक चेकजाँच गर्दा चालक बस्ने भाग र पछाडिको डालाको बिचमा फल्स बटम बनाई लुकाई छिपाई राखेको अवस्थामा १३ सय १५ किलो गाँजा फेला पारी ट्रक नियन्त्रणमा लिएको छ ।
त्यसैगरी इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले मोरङको विराटनगर महानगरपालिका-१५ सुनसरी आयल्स ट्रेडर्स अगाडिबाट भारत बिहार अररिया जिल्ला जोगवनी बस्ने २२ वर्षीय साहिल पाण्डे र मोरङ बेलबारी नगरपालिका-११ बस्ने ५३ वर्षीय प्रकाश राईलाई १४ ग्राम २७० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।
त्यसैगरी सुनसरीको इनरुवा नगरपालिका-३ गुद्री लाइनबाट जिल्ला प्रहरी कार्यालय सुनसरी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले इनरुवा नगरपालिका-९ बस्ने २६ वर्षीय मनोज उराव र सोही स्थान बस्ने ३२ वर्षीय सदाम अन्सारीलाई प्रतिबन्धित औषधी २७ सय क्याप्सुल ट्रामाडोल सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी इलामको प्रचौ दानाबारीले चेकजाँचकै क्रममा माई नगरपालिका-१ पाल्टारबाट कुसुन्डा जबेगु र हेमराज मगरलाई ५ ग्राम ६५ मिलिग्राम ब्राउन सुगर सहित र
झापाको प्रहरी चौकी टाघनडुब्बाले कमल गाउँपालिका-४ बस्ने २७ वर्षीय रिङ्वाङ लिम्बुलाई २ ग्राम ०६ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।