लागू औषधसहित ५ जना पक्राउ
२०८३-०७-०९
सुनसरी जिल्लाका विभिन्न स्थानबाट लागू औषधसहित ५ जनालाई पक्राउ गरिएको छ।
कात्तिक ७ गते जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी चौकी इनरुवाबाट खटिएको संयुक्त प्रहरी टोलीले इनरुवा नगरपालिका–४ मा चेकजाँच गर्ने क्रममा इटहरी उप-महानगरपालिका–१२ का ३५ वर्षीय रबिन चौधरी, रामधुनी नगरपालिका–७ का ३० वर्षीय टार्जन चौधरी र ईनरुवा-८का १९ वर्षिय साहदिन हुसेनलाई ९ ग्राम ५७० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित पक्राउ गरेको छ।
त्यसैगरी, इलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी मधुवनबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका–११ का २१ वर्षीय सिजन माझी र ३० वर्षीय सरोज माझीलाई प्रतिबन्धित औषधि ट्रामाडोल ३०० ट्याब्लेटसहित पक्राउ गरेको छ।
पक्राउ परेका सबैको थप अनुसन्धान भइरहेको छ।