लागू औषध सहित ११ जना पक्राउ
२०८३-०४-०४
- A
- A-
- A+
झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट साउन ०३ गते लागू औषध सहित ११ जनालाई पक्राउ गरीएको छ । वडा प्रहरी कार्यालय भद्रपुर, झापाले बिर्तामोड नगरपालिका-३ का २७ बर्षीय अजय सहनीलाई ६ ग्राम ६० मिलिग्राम ब्राउन सुगर सहित, इलाका प्रहरी कार्यालय दमक र लागू औषध नियन्त्रण व्युरो काकरभिट्टा झापाले इलामको चुलाचुली गाउँपालिका-४ का ३५ वर्षीय पूर्ण कुमार राईलाई २२ ग्राम १५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । यसैगरी इलाका प्रहरी कार्यालय बेलबारी मोरङले बेलबारी नगरपालिका-३ का ३० वर्षीय प्रकाश खड्का, ३१ वर्षिय रबिन राई, २५ वर्षीय आकाश गुरुङ र २४ वर्षीय सबिन गुरुङलाई ट्रामाडोल १७ क्याप्सुल र स्पास १७ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ भने जिल्ला प्रहरी कार्यालय मोरङबाट गस्तिमा खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१३ स्थितबाट प्रतिबन्धित औषधी NITZASCEN-३० ट्याब्लेट र स्पास्मो प्रोक्सिबन-४० क्याप्सुल सहित इटहरी-९ का संदिप खड्कालाई पक्राउ गरेको छ । यस्तै इलाका प्रहरी कार्यालय लौकहीले इटहरी-९ का २१ वर्षीय संगम श्रेष्ठलाई १ ग्राम ७ मिलिग्राम सहित, प्रहरी चौकी भरौलले रामधुनी नगरपालिका-७ का २३ वर्षीय समिर चौधरी र रामधुनी-२० का समिर चौधरीलाई ट्रामडोल-१७८ क्याप्सुल, बिभिन्न प्रकारका ट्याब्लेट-११२ चक्की सहित र अस्थायी प्रहरी चौकी बरगाछीले धरान-८ स्थितबाट सोही स्थानका २१ वर्षीय उमङ्ग राईलाई प्रतिबन्धित औषधी ट्रामाडोल-६१२ क्याप्सुल र क्लारो- ५८० चक्की सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबैजनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।