लागू औषधसहित १ जना पक्राउ
२०८३-०४-०५
- A
- A-
- A+
कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियानअन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न १ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिको साथबाट प्रतिबन्धित औषधि ६० क्याप्सुल बरामद भएको छ ।
साउन ४ गते दिउसो धनकुटाको प्रहरी चौकी त्रिबेणीबाट खटिएको प्रहरी टोलीले शहिदभूमि गाउँपालिका–१ स्थितबाट भोजपुरको हतुवागढी गाउँपालिका–९ निवासी २३ वर्षीय हिलसन राईलाई प्रतिबन्धित औषधि ६० क्याप्सुलसहित पक्राउ गरेको हो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।