प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित ८ जना पक्राउ

२०८३-०५-१४

  • A
  • A-
  • A+
Share

सुनसरी र झापा जिल्लाको बिभिन्न स्थानहरुबाट भदौ १३ गते लागूऔषध सहित ८ जनालाई पक्राउ गरीएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कको प्रहरी टोलीले सुनसरीको इनरुवा नगरपालिका-४ बसचोक  स्थितबाट प्र.१-०२-०४६ प २२६५ नम्बरको स्कुटर चालक ईटहरी उप-महानगरपालिका-१० का जयराम चौधरी र पछाडी सवार अनुराग चौधरीलाई ३ ग्राम १२० मिलीग्राम लागू औषध ब्राउन सुगर सहित, मोरङको सुन्दरहरैँचा नगरपालिका-६ का ३८ वर्षिय खिलाराज राई र  सुन्दरहरैँचा-९ का ३४ वर्षीय बिनोद लिम्बुलाई  ४ ग्राम ११० मिलिग्राम ब्राउन सुगर सहित, CRV सोनापुरले दुहबी नगरपालिका-८ का २६ बर्षीय सन्दिप कार्कीलाई १ ग्राम ४६० मिलिग्राम, २७ वर्षीय अनिस कार्कीलाई १ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने अस्थायी प्रहरी चौकी देउराली सुनसरीले विशेष सूचनाको आधारमा धरान उप-महानगरपालिका ५ का २१ बर्षीय राजेश राईको घर कोठाबाट ३ सय ४० मिलिग्राम ब्राउन सुगर, लागू औषध गाँजा १०० ग्राम र नगद रुपैया १० हजार ६ सय ४० सहित राईलाई नियन्त्रणमा लिएको छ ।

यसका साथै लागू औषध नियन्त्रण ब्यूरो काकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपलिका-३ स्थितबाट बिर्तामोड-२ का ३४ वर्षीय सरोज भट्टराईलाई ३ ग्राम २२० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

 

 


सम्बन्धित समाचार
लागू औषध ब्राउन सुगर सहित २ जना पक्राउ
२०८३-०५-१५

झापा र मोरङबाट लागू औषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ १४ गते झापाको कन्काई नगरपालिका- ४ स्थित इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले संखुवासभा घर भई हाल दमक नगरपालिका- ५ स्थित डेरा गरी बस्दै आएका २९ बर्षीय साजन गुरुङलाई आईसक्रिमको बट्टा भित्र लुकाई छिपाई राखेको अवस्थामा २३ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो । त्यस्तै मोरङको पथरीशनिश्चरे नगरपालिका- १० बाट इलाका प्रहरी कार्यालय पथरीले मिक्लाजुङ गाउँपालिका- ७ का आयुष बोहोरालाई ९०० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध र प्रतिबन्धित औषधि सहित ७ जना पक्राउ
२०८३-०५-१३

उदयपुर र सुनसरीबाट लागू औषध सहित ७ जनालाई पक्राउ गरिएको छ । भदौ १२ गते उदयपुरको बेलका नगरपालिका-५ शिखरमाडी स्थितमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २५ वर्षीय आशिष राईलाई ट्रामाल्याब २ सय २४ क्याप्सुल, डिक्लो स्पास - २ सय १५ ट्याब्लेट प्रतिबन्धित औषधि सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरीको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका-०३ श्रीपुर जाने बाटो स्थित जंगलको कासघारीमा त्रिपालले छोपेर राखेको बेवारिसे अवस्थामा रहेको १७ बोरामा ५ सय ७५ किलोग्राम लागू औषध गाँजा बरामद गरेको छ भने सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका-१ स्थितबाट मोरङ बेलबारी नगरपालिका-११ का ४७ वर्षीय दिनेश दाहाल र सुन्दरहरैंचा नगरपालिका-६ का १८ वर्षीय अरुण मगरलाई नाइटोसन- ७४ ट्याब्लेट, डिसिकोमाइन- ८ क्याप्सुल प्रतिबन्धित औषधि सहित, जिल्ला प्रहरी कार्यालय सुनसरीले इटहरी उपमहानगरपालिका-५ का ३५ वर्षीय सुमन कार्कीको साथबाट ८ सय २० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय महेन्द्रनगरले प्र.०१-०२-०५२ प ९४०३ नम्बरको मोटरसाइकलमा चालक बराहक्षेत्र नगरपालिका-१०का १९ वर्षीय दिप कार्की र सवार १९ वर्षीय कृष्ण आचार्यलाई ट्रामाडोल- ६ सय ५० क्याप्सुल र स्पासरेस्ट- ५० ट्याब्लेट प्रतिबन्धित औषधि सहित पक्राउ गरेको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८३-०५-१२

झापा र धनकुटाबाट लागू औषध सहित ४ जनालाई पक्राउ गरिएको छ ।भदौ ११ गते राति झापाको झापा गाउँपालिका-१ लसुना स्थितमा भारतबाट नेपालतर्फ आउँदै गरेका प्र.१-०१-००१ प ७५०६ नम्बरको मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका-२ का ३२ वर्षीय शंकर मलिक र मोटरसाइकलमा सवार सोही स्थानका २५ वर्षीय गणेश राजवंशीलाई प्रहरी चौकी कुमरखोदको प्रहरी टोलीले २ ग्राम ७६ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने धनकुटाको इलाका प्रहरी कार्यालय पाख्रिबासबाट खटिएको प्रहरी टोलीले पाख्रिबास नगरपालिका-४ का २२ वर्षीय राकेश राई र २५ वर्षीय पवन बस्नेतलाई ४ सय ५० मिलिग्राम ब्राउन सुगर, ट्रामोल- ६० क्याप्सुल र डिकोलिक- ६० ट्याब्लेट प्रतिबन्धित औषधि सहित पक्राउ गरेको छ ।

Know Your Neighbors (KYN) कार्यक्रम सम्पन्न
२०८३-०५-११

प्रहरी र स्थानीय बासिन्दाहरुबीच आपसी सद्‍भाव, सहकार्य र विश्वास अभिबृद्धिका साथै सुमधुर सम्वन्ध स्थापित गरी समाजमा शान्ति सुरक्षा कायम राख्ने उद्धेश्यले कोशी प्रदेश प्रहरी कार्यालयले Know Your Neighbors (KYN) कार्यक्रमको आयोजना गरेको छ । भदौ ११ गते कोशी प्रदेश प्रहरी कार्यालयको सभाहलमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालको प्रमुख आतिथ्यतामा संचालन भएको कार्यक्रममा  स्थानीय महानुभावहरूसँग परिचयात्मक तथा समाजमा शान्ति सुरक्षा कायम राख्न  प्रहरी र नागरिकबीच सहकार्यका विषयमा अन्तरक्रिया भएको थियो । कार्यक्रमलाई सम्बोधनको क्रममा प्रहरी नायव महानिरीक्षक खनालले समाजमा शान्ति–सुरक्षा कायम राख्न प्रहरीको मात्र प्रयास पर्याप्त नहुने भएकाले स्थानीय बासिन्दाको सक्रिय सहभागिता र सहकार्य आवश्यक रहेको बताउनुभयो । आयोजना गरिएको Know Your Neighbors कार्यक्रमले आफ्नो वरपरका व्यक्तिसँग चिरपरिचित, आपसी सम्बन्ध र विश्वास बढ्दा  समुदायको सुरक्षा अवस्था, सम्भावित सुरक्षा चुनौती, अपराध न्यूनीकरण तथा प्रहरी-नागरिकबीच सहकार्य सहज हुनुका साथै समाजमा असामान्य गतिविधि भएमा तत्कालै प्रहरीलाई जानकारी प्राप्त गर्न सहयोग पुग्ने बताउनु भयो । साथै उहाँले प्रहरीलाई छिमेकीको विश्वासिलो साझेदारका रूपमा स्थापित गर्दै छिमेकीका समस्या र गुनासालाई प्राथमिकताका साथ सम्बोधन गर्ने बिश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा कार्यालय आसमासमा रहेका छरछिमेकीहरु तथा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठ, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा, प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीया, कोशी प्रदेश प्रहरी गण विराटनगरका प्रहरी उपरीक्षक मान बहादुर राई सहित प्रहरी अधिकृतहरुका साथै प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

लागू औषध सहित ४ जना पक्राउ
२०८३-०५-११

सुनसरी, झापा, मोरङ र धनकुटाबाट लागू औषध सहित ४ जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय देवानगंज सुनसरीले बेबारीसे अवस्थामा रहेको ४ सय १३ किलो ९८ ग्राम गाँजा बरामद गरेको छ । भदौ १० गते बिहान सुनसरीको देवानगंज गाँउपालिका-०१ मध्यहर्षाही स्थित राम जानकी मन्दिर पछाडी रहेको गाई गोठमा को कसले लागू औषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले कालो पलाष्टिकले बेरेर सेतो बोरा भित्र राखेको ४ सय १३ किलो ९८ ग्राम औषध गाँजा बरामद गरे संगै गोठको पछाडी बेबारीसे अवस्थामा रोकेर राखेको BR 38 R 0558 नम्बरको भारतीय मोटरसाईकल समेत नियन्त्रणमा लिएको छ । त्यसैगरी झापाको प्रहरी चौकी शरणामती र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले झापा गाउँपालिका-५ स्थितबाट बिर्तामोड नगरपालिका-२ चारपाने का २८ वर्षीय सनम श्रेष्ठ र मोरङको मिक्लाजुङ गाउँपालिका-१ जितपुर का २१ वर्षीय संगीत राईलाई ४ ग्राम ४८ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी मोरङको इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले रंगेली नगरपालिका-४ चोप्राहास्थितबाट कानेपोखरी गाउँपालिका-५ का २७ वर्षीय सन्देश राईलाई २ ग्राम ८ सय ४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने जिल्ला प्रहरी कार्यालय धनकुटाले धनकुटा नगरपालिका-६ का ३३ वर्षीय रमेश वि.कलाई २ सय ९५ ग्राम गाँजा सहित पक्राउ गरेको छ । उक्त घटनाहरू सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
२०८३-०५-१०

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय इटहरी, सुनसरीका प्रहरी नायव उपरीक्षक सुवास हमाललाई साउन “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी नायव उपरीक्षक सुवास हमालले साउन १० गते सुनसरीको देवानगंज गाउँपालिका-३ कप्तानगंज स्थितमा विभिन्न समुदायका व्यक्तिहरूबीच झडप हुँदा उत्पन्न भएको हिंसात्मक तथा ध्वंसात्मक घटनामा तत्काल निज प्रहरी नायव उपरीक्षकको कमाण्डमा प्रहरी परिचालित भई साउन २७ गतेसम्म उक्त स्थानमा खटिई प्रभावकारी, चुस्त, दुरुस्त तवरले जनशक्ति परिचालन, संवेदनशील क्षेत्रको निगरानी, निषेधाज्ञा/कर्फ्यु कार्यान्वयन गरी सरकारी, सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी तथा तोडफोड र जनधनको क्षति हुनबाट जोगाई समन्वय र सहकार्यमा उक्त स्थानमा हिंसा हुन नदिई उक्त घटनामा मृत्यु भएका शहिदहरूको दाहसंस्कार समेतको प्रकृयामा उचित सुरक्षा प्रबन्ध मिलाई देवानगञ्ज क्षेत्रमा थप जनधनको क्षति हुनबाट जोगाउने कार्यमा अहोरात्र खटिएको साथै इटहरी उप-महानगरपालिकाको विभिन्न स्थानबाट लागू औषध ब्राउन सुगर २३.१३ ग्राम सहित उल्लेख्य संख्यामा लागू औषध कारोवारी पक्राउ गर्न सफल भएको र विभिन्न स्थानहरुबाट भन्सार छलि गरी ल्याइएका कपडा लगायत खाद्यान्न सामाग्रीहरु बरामद गरी भन्सार कार्यालय सुनसरीमा दाखिला गराएको हुँदा दिईएको जिम्मेवारीलाई अनुशासित, व्यावसायिक र कर्तब्यनिष्ठ तवरले उच्च मनोवलका साथ प्रहरी सेवा प्रवाह गर्दै आम सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभुति दिलाउने कार्य गरी प्रहरी संगठनको गरिमा एवं श्रीवृद्धिका लागि त्रुटीरहित तवरले उत्कृष्ट कार्य सम्पादन गरेको हुँदा निज प्रहरी नायव उपरीक्षक सुवास हमालबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८३ साल साउन महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो ।