लागू औषध सहित ४ जना पक्राउ
२०८३-०७-२०
- A
- A-
- A+
झापा र उदयपुरबाट लागू औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक १८ गते बिशेष सूचनाको आधारमा उदयपुरको अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका-३ का अर्जुन रोक्का र त्रियुगा नगरपालिका-१२ का संजीव परियारलाई २ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । चेकजाँचकै क्रममा झापाको इलाका प्रहरी कार्यालय कुमरखोदले दमक-४ का १६ बर्षीय र १७ बर्षीय नाबालकको साथबाट १ ग्राम ९१ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।