प्रतिवन्धित लागू औषध चरेस र नियन्त्रित औषधी सहित २ जना पक्राउ
२०८३-०१-३०
- A
- A-
- A+
विरानटगर, वैशाख ३० गते ।कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) बाट खटिएको प्रहरी टोलीले प्रतिवन्धित लागू औषध चरेस र नियन्त्रित औषधी सहित २ जनालाई पक्राउ गरेको छ । वैशाख ३० गते दिउँसो बिषेश सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मोरङको बुढीगंगा गाउँपालिका-२ गंगाचोकका २७ बर्षीय करन प्रधान र २१ बर्षीय अनिस परियारलाई चरेस ८ ग्राम ७५ मिलिग्राम, ट्रामाडोल र डाईक्लोमाईन समेत गरी ७ हजार ९६० ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनसुन्धान भईरहेको छ ।