प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध सहित १४ जना पक्राउ

२०८३-०६-१९

  • A
  • A-
  • A+
Share

कोशी प्रदशका विभिन्न जिल्लाहरुबाट लागू औषध सहित १४ जना लाई पक्राउ गरिएको छ । असोज १८ गते झापाको वडा प्रहरी कार्यालय भद्रपुर र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले भद्रपुर नगरपालिका-५ स्थितमा चेकजाँचको क्रममा प्र.१-०२-०४३ प ८७३८ नम्बरको मोटरसाईकलमा सवार इलाम नगरपालिका-१०का सरोज बनियालाई ५ ग्राम ६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी मोरङको इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले सुन्दरहरैचा नगरपालिका-११ का विशाल बस्नेतलाई ३०० मिलिग्राम ब्राउन सुगर सहित, धरान-९ का नरेश खडगी र कृष्ण राईलाई ४ ग्राम ४६० मिलिग्राम ब्राउन सुगर सहित, केराबारी गाउँपालिका-६ का शुसान्त वि.क. र  निर्मल तामाङलाई ४ ग्राम ९०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा प्रदेशीक अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय रंगेलीले रंगेली नगरपालिका-५ का कृष्ण कुमार पासवानलाई ९ ग्राम ३४० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे नगरपालिका-१ का अरुण मणडल र बिवेक धिमाललाई १ ग्राम ४९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

सोही दिन सुनसरीको इलाका प्रहरी कार्यालय धरानले धरान-८ का बिमलराज धामीलाई २ ग्राम ८१० मिलिग्राम ब्राउम सुगर सहित र जिल्ला प्रहरी कार्यालय धनकुटाले चौबिसे नगरपालिका-६ का उपहार राई, शशिहाङ राई र साँगुरीगढी-५का सलुन राईलाई २०० चक्की प्रतिबन्धित औषधि सहित पक्राउ गरेको छ भने जिल्ला प्रहरी कार्यालय उदयपुरले त्रियुगा नगरपालिका-११ का महेन्द्र कार्कीलाई ८८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाही  भईरहेको छ ।

 

 

 


सम्बन्धित समाचार
जुवाजन्य खेलमा संलग्न ९ जना पक्राउ
२०८३-०६-२०

झापा र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट जुवाजनय खेलमा संलग्न ९ जनालाई नगद, १ बुङ्ग तास र डाईस सहित पक्राउ गरेको छ । असोज १९ गते झापाको मेचिनगर नगरपालिका ८ स्थितबाट जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचिनगर ६ का ३७ वर्षिय चेत बहादुर लिम्बु, २७ वर्षिय दिपक चौधरी, मेचिनगर ५ का २७ वर्षिय सनम तामाङ र मेचिनगर ७ का २७ वर्षिय जुगल भजेललाई डाईस, नगद ३४ हजार ८ सय रुपैया र भारतिय रुपैया ४ सय सहित पक्राउ गरेको छ भने सुनसरीको इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले ईटहरी उप-महानगरपालिका १७ स्थित शेलिस शेर्पाको घरमा तास खेल्दै गरेको अवस्थामा ४३ वर्षिय लिक बन्धु कार्की, रामधुनी नगरपालिका १का ३६ वर्षिय प्रेम बि.क., ४७ वर्षिय गौरीशंकर लुईटेल, ४२ वर्षिय महेशलाल धामिलाई १ बुङ्ग तास र नगद २ लाख ३१ हजार १ सय ७० रुपैया सहित पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको आवश्यक कानूनी कारवाही भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय तेह्रथुमको निरीक्षण भ्रमण
२०८३-०६-२०

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले असोज २० गते जिल्ला प्रहरी कार्यालय तेह्रथुमको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा उहाँले कार्यालय भवन, सम्पुर्ण शाखाहरु लगायत हिरासत कक्षको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनुभएको छ । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै जिल्लाको शान्ति सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन आवश्यकताअनुसार प्रहरी जनशक्ति परिचालन गर्न, मुख्य बजार, बसपार्क, सार्वजनिक स्थल तथा बढी भीडभाड हुने क्षेत्रमा प्रहरीको उपस्थिति बढाउन निर्देशन दिनुभएको छ । यसै गरी यात्रुलाई सुरक्षित, सहज र व्यवस्थित रूपमा गन्तव्यसम्म पुग्ने वातावरण निर्माण गर्न बसपार्क तथा यात्रुहरुको बढी भिड हुने स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गर्न, सवारी साधनको नियमित अनुगमन गर्न तथा सम्भावित दुर्घटना र आपराधिक गतिविधि नियन्त्रणका लागि प्रभावकारी सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । निर्देशनकै क्रममा उहाँले प्रहरी कर्मचारीहरू आफ्नो जिम्मेवारीप्रति थप उत्तरदायी, अनुशासित, इमानदार र सेवामुखी भएर कार्य गर्न, प्रहरी संगठनप्रति नागरिकको विश्वास अभिवृद्धि गर्न, कार्यसम्पादन सम्झौता तथा अटोमेसन प्रणालीमा उल्लेखित सूचक र जिम्मेवारीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न र परिणाममुखी प्रहरी सेवा प्रवाहमा केन्द्रित हुन सक्रियरुपमा कार्यगर्नु पर्ने बताउनु भएको छ । निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय तेह्रथुमका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मण ओलीले कोशी प्रदेश प्रहरी प्रमुख खनाललाई जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थाको बारेमा  अवगत गराउनु भएको थियो । 

लागू औषध सहित ९ जना पक्राउ
२०८३-०६-२०

झापा, मोरङ र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित ९ जनालाई पक्राउ गरिएको छ । असोज १९ गते झापाको लागु औषध व्युरो नियन्त्रण काकँडभिट्टा र प्रहरी चौकी शरणामतिबाट खटिएको प्रहरी टोलीले कनकाई नगरपालिका ९ का ३८ वर्षिय सन्तोष चौधरी, ३० वर्षिय बिकास चौधरी र झापा गाउँपालिका ५ का २७ वर्षिय संजय दनुवारलाई ४ ग्राम ६७० मिलिग्राम ब्राउन सुगर सहित, भारत देश किशनगंज थानाका २८ वर्षिय फिरोद आलमलाई २५ ग्राम १५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी मोरङको इलाका प्रहरी कार्यालय रानीले इटहरी उप-महानगरपालिका- २ का ३३ वर्षिय योगेन मगरलाई १ ग्राम १८० मिलिग्राम ब्राउन सुगर र जहदा गाउँपालिका १ कुडरीया स्थितमा बेवारिसे अवस्थामा बोरामा ८४ किलो ८५० ग्राम लागू औषध गाँजा फेला पारेको छ भने इलाका प्रहरी कार्यालय उर्लाबारीले मिक्लाजुङ गाउँपालिका ७ का ३१ वर्षिय धिरेन मगरलाई ८१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ। यसैगरी प्रादेशिक अनुसन्धान समुह र सुनसरीको इलाका प्रहरी कार्यालय ईटहरीको संयुक्त प्रहरी टोलीले इटहरी उप-महानगरपालिका ४ का ३० वर्षिय अनिष श्रेष्ठलाई १ ग्राम ५२० मिलिग्राम ब्राउन सुगर सहित र अस्थायी प्रहरी चौकी तिनकुनेले धरान उप-महानगरपालिका- ३ का २८ वर्षिय अनिष शाक्य र १६ वर्षिय रवि सहनीलाई ४६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेको सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

बिभिन्न मुद्दाका ६ जना फरार प्रतिवादीहरु पक्राउ
२०८३-०६-२०

विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ६ जना प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोजतलासको क्रममा असोज १९ गते झापाबाट ४ जना र सुनसरीबाट २ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट १ वर्ष २ महिना १२ दिन कैद सजाय र २ लाख ३ हजार ६ सय रुपैँया जरिवाना वापतको रकम असुल उपर भएको छ भने उनीहरुलाई कैद भुक्तानको लागी कारागार पठाईएको छ ।

प्रहरी चौकी सिद्धपोखरी संखुवासभाको भवन उद्‍घाटन
२०८३-०६-२०

संखुवासभाको चैनपुर नगरपालिका-३ स्थितमा रहेको प्रहरी चौकी सिद्धपोखरीको नव निर्मित कार्यालय भवनको समुद्‍घाटन भएको छ । असोज २० गतेसज २  आयोजित कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालको प्रमुख आतिथ्यतामा नव निर्मित प्रहरी चौकीको समुद्घाटन भएको हो । भवनको उद्घाटन तथा निरीक्षण पश्चात कार्यक्रमलाई सम्बोधनको क्रममा प्रदेश प्रहरी प्रमुख खनालले प्रहरीलाई भवन प्राप्त भए संगै यस क्षेत्रमा बसोवास गर्ने आम नागरिकहरुमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण कार्यमा प्रहरीले प्रदान गर्ने सेवा थप प्रभावकसारी र गुणस्तरीय हुनेमा सम्पूर्णमा विश्वस्त दिलाउनु भयो । उहाँले नव निर्मित संरचना नेपाल प्रहरीको मात्र नभई स्थानीय नागरिकको समेत साझा सम्पत्ति भएको हुँदा यसको उचित संरक्षण, सम्बर्द्धन सबैको साथ र सहयोगको आवश्यक रहेको वताउनु भयो । कार्यक्रममा प्रमुख अतिथि खनालले प्रहरी चौकीलाई जग्गा उपलव्ध गराउनु हुने जग्गा दाता स्थानिय सुदन खत्री, खड्ग बहादुर मगर र चन्द्र बहादुर न्यौपाने तथा  भवन निर्माण कार्यमा सहयोग पुर्‍याउनु हुने महानुभावहरुलाई कदरपत्रद्वारा सम्मान गर्नु भएको थियो । नव निर्मित डेढ तल्ले सुबिधा सम्पन्न कार्यालय भवन नेपाल सरकारको  नियमित बजेट २ करोड ३२ लाख ५२ हजार रुपैयाको लागतमा निर्माण सम्पन्न भएको थियो । कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, प्रहरी उपरीक्षक ई. रोसन सारु, चैनपुर नगरपालिकाका उप-प्रमुख एलिना श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनाली, सशस्त्र प्रहरी बल नेपाल नं.४ गुल्म हे.क्वा. अरुणका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक भवराज कटवाल, विभिन्न संघ संस्था, राजनैतिक दलका प्रतिनिधीहरु, पत्रकार, स्थानीयबासी तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

लागू औषध गाँजा बोकेको ट्रक सहित चालक र सहचालक नियन्त्रणमा
२०८३-०६-१९

सुनसरीको इनरुवा नगरपालिका-३ सखुवागाछी स्थितबाट प्रहरीले लागूऔषध गाँजा बोकेको ट्रक सहित संलग्न चालक र सहचालक लाई नियन्त्रणमा लिएको छ । असोज १८ गते राती ट्राफिक प्रहरी कार्यालय इनरुवा र अस्थायी प्रहरी पोष्ट सखुवागाछीबाट खटिएको प्रहरी चेकिङ टोलीले ‍पुर्वबाट पश्चिम तर्फ जादै गरेको ना. ७ ख १८२५ नम्बरको ट्रकलाई शंका लागि रोकी चेकजाँच गर्दा बन्दाकोबीले छोपेको अवस्थामा प्लास्टिकको ८३ वटा बोरामा २ हजार ५ सय ६६ किलो ५६० ग्राम गाँजा बरामद गरेको थियो । ट्रकमा लागूऔषध गाँजा बरामद भएसंगै उक्त ट्रक सहित ओसार पसारमा संलग्न चालक धनकुटा शहिदभूमी गाँउपालिका-२ का राजु राई र सहचालक सोही स्थानका सन्दिप राईलाई नियन्त्रणमा लिएको छ । गाँजा सहित पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।