लागू औषध सहित ६ जना पक्राउ
२०८३-०७-१७
झापा, मोरङ र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित ६ जनालाई पक्राउ गरिएको छ ।
कात्तिक १६ गते चेकजाँचको क्रममा झापाको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले मेचीनगर नगरपालिका-६ मेचीपुल स्थितमा मेचीनगर-१० का मेहबुब आलमलाई ११ ग्राम ४७० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय झिलझिलेले शिबसताक्षी नगरपालिका-५ का राजेन्द्र गणेश र शिवसताक्षी-६ का गंगाराम मर्डीलाई २ ग्राम ५५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा मोरङको इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे नगरपालिका-१० का रुपेश सार्कीलाई २ ग्राम ब्राउन सगुर सहित र इलाका प्रहरी कार्यालय लौकही सुनसरीले धनकुटा सागुरीगढी गाउँपालिका-६ का स्याङवो तामाङ र पाँचथर याङवरक गाउँपालिका-१ की निश्मा राईलाई ११ ग्राम १३ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।