८ सय ४ किलोग्राम गाँजा सहित २ जना पक्राउ
२०८३-०४-१७
- A
- A-
- A+
धनकुटाको चौबिसे गाउँपालिका–४ स्थितबाट जिल्ला प्रहरी कार्यालय धनकुटाले प्लास्टिकका ४८ वटा बोरामा लुकाई राखिएको ८०४ किलो गाँजा बरामद गरेसंगै छथरजोरपाटी गाउँपालिका–४ घर भई चौबिसे गाउँपालिका–४ मा होटल सञ्चालन गर्दै आएका ४० वर्षीय हरि प्रसाद ओझा र चौबिसे गाउँपालिका–४ का ३४ वर्षीय आशिष विश्वकर्मालाई पक्राउ गरेको छ ।
पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ ।