१ हजार २४० किलो ६०० ग्राम गाँजा बोकेको ट्रक नियन्त्रण
२०८३-०५-२४
- A
- A-
- A+
धनकुटाको साँगुरीगढी नगरपालिका-७ स्थितबाट १ हजार २४० किलो ६०० ग्राम गाँजा बोकेको ट्रक प्रहरीले नियन्त्रण लिएको छ । भदौ २३ गते राती ११ बजे प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले कोशी लोकमार्गमा भेडेटार तर्फ आउदै गरेको ना. ४ ख ५२७ नम्बरको ट्रकलाई संका लागी चेकजाँच गर्ने क्रममामा ट्रकमा ३८ वटा प्लाष्टिकको बोरामा प्याक गरि राखेको १ हजार २४० किलो ६०० ग्राम गाँजा बरामद भएको थियो । गाँजा बरामद भए सँगै उक्त ट्रक नियन्त्रणमा लिईएको छ भने ओसार पसारमा संलग्न ट्रक चालकको खोजी कार्य भईरहेको छ ।