लागू औषध सहित ५ जना पक्राउ
२०८३-०३-१६
- A
- A-
- A+
कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषधमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने तथा मनोपरामर्श/जनचेतना प्रदान गर्ने उद्देश्यले कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषधमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट ७ सय ९५ किलोग्राम गाँजा, ६ ग्राम १० मिलिग्राम ब्राउन सुगर, १ थान मिनि ट्रक र १ थान मोटरसाइकल बरामद गरेको छ ।
.......................................................................................................................................................
इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले साँगुरीगढी गाउँपालिका-६ स्थितबाट को १ ख ४६३५ नम्बरको मिनि ट्रकलाई संकालागी चेकजाँच गर्दा ट्रकको डाला भित्र अलुको बोराहरुले लुकाइ छिपाइ २५ वटा प्लास्टिकको पोकामा ल्याउदै गरेको ७ सय ७५ किलोग्राम लागू औषध गाँजा सहित चालक सुनसरीको इटहरी उप-महानगरपालिका-१ का ३३ वर्षिय परिक्षण कुवँरलाई पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय राजारानीले साँगुरीगढी गाउँपालिका-५ का २४ वर्षिय बिशेष राईलाई २० किलोग्राम गाँजा र बा ६४ प १४३५ नम्बरको मोटरसाईकल सहित पक्राउ गरेको छ ।
त्यसैगरी मोरङको प्रहरी चौकी गछियाबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैचा नगरपालिका- ६ का बिकुल राई र ज्ञानेन्द्र बिकलाई ३ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर सहित, इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे नगरपालिका- ६ का प्रदिप मण्डललाई २ ग्राम ५१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।