लागू औषध सहित ४ जना पक्राउ
२०८३-०७-२८
सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट लागू औषध सहित ४ जनालाई पक्राउ गरिएको छ । कात्तिक २७ गते सुनसरीको कोशी गाउँपालिका-१, लौकहीस्थित इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका-१ का २५ वर्षीय अमर दर्जीलाई ५ ग्राम ३४० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यस्तै, इलाका प्रहरी कार्यालय भन्टाबारीले उदयपुरको चौदण्डीगढी नगरपालिका-३ का २९ वर्षीय हेम कुमार वि.क.लाई निट्राजेपाम ६० ट्याब्लेट प्रतिबन्धित औषधि सहित पक्राउ गरेको छ भने अस्थायी प्रहरी चौकी जनताबासीले इटहरी उप-महानगरपालिका-५ का २२ वर्षीय अबिनाश संकर र ४० वर्षीय रजन शंकरलाई २७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेका सबै जनाको थप अनुसन्धान भईरहेको छ ।