लागू औषध सहित ११ जना पक्राउ
२०८३-०६-२१
- A
- A-
- A+
झापा,मोरङ, सुनसरी, धनकुटा, उदयपुर,भोजपुर र ताप्लेजुङ जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित ११ जनालाई पक्राउ गरिएको छ। असोज २० गते झापाको इलाका प्रहरी कार्यालय धुलाबारीले मेचीनगर नगरपालिका-१० का अभिषेक चौधरीलाई ५ग्राम १३० मिलिग्राम ब्राउन सुगर सहित, मोरङको लागू औषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीले केराबारी नगरपालिका-९ का नविन राई र केराबारी-१ का मणिराज गुरुङलाई ४ ग्राम ५८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसै गरी जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले फुङलिङ नगरपालिका-५ का रोहित श्रेष्ठलाई २ ग्राम ८९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
चेकजाँचकै क्रममा सुनसरीको इलाका प्रहरी कार्यालय धरानले धरान उप-महानगरपालिका-१७ का राजन राई र इच्छा परियारलाई १७० मिलिग्राम ब्राउन सुगर सहित र प्रदेशीक अनुसन्धान समुह, विराटनगरले धरान- ४ का अर्जुन श्रेष्ठ, धरान-७ का दिपक मगर र धरान-१५ का बाबुराम बयलकोटीलाई ट्रामोल ८०० क्याप्सुल र डिकोलिक ८०० ट्रयाब्लेट सहित र उदयपुरको इलाका प्रहरी कार्यालय ठोक्सिल्लाले बेलका नगरपालिका-४ का सबिन राईलाई ट्रामाडो-९०० क्याप्सुल सहित पक्राउ गरेको छ । र भोजपुरको इलाका प्रहरी कार्यालय घोडेटारले आमचोक नगरपालिका ७का १९ वर्षिय एकराज मगरलाई २ सय ४४ किलो ७७० ग्राम गाँजा सहित पक्राउ गरेको छ।