“मर्यादापालक दक्षता अभिवृद्धि अनुशिक्षण तालिम” दोस्रो समुहको तालिम समापन
२०८३-०५-०५
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तत्वधानमा संचालन भएको ५ कार्य दिन अवधिको “मर्यादापालक दक्षता अभिवृद्धि अनुशिक्षण तालिम” दोस्रो समुहको भदौ ०५ गते कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । समापन कार्यक्रममा प्रमुख अतिथि खनालले प्रदेशकै महत्वपुर्ण तथा सम्बेदनशिल स्थानमा खटिएर काम गर्ने प्रहरी कर्मचारीहरुले अझ प्रभावकारी ढंगबाट कार्य सम्पादन गर्न सहज होस भन्ने उदेश्यले तालिम संचालन गरिएको बताउनु हुदै तालिमबाट सिकेका ज्ञान, सिप र क्षमतालाई कार्य क्षेत्रमा अक्षरस पालन गर्न निर्देशन दिनुभयो । उहाँले तालिमरत प्रशिक्षार्थीहरूबाट उठेका जिज्ञासाहरूको समेत सम्बोधन गर्नुका साथै आवश्यक स्पष्टता समेत प्रदान गर्नु भएको थियो । तालिम संयोजक गजेन्द्र रायाले तालिम सम्बन्धि प्रतिबेदन पेश गर्नुभएको थियो भने उक्त कार्यक्रममा कोशी प्रदेश सभा सचिवालयका उप-सचिव अर्जुन घिमिरे, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीया, प्रदेश सहयोग कार्यक्रमका प्रतिनिधि महेश नेपाल, कोशी प्रदेशसभाका अधिकृत निरज ढकाल सहित प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो । कोशी प्रदेश सरकार मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रदेश सहयोग कार्यक्रम अन्तरगत भदौ १ गतेबाट संचालन भएको ५ कार्य दिनको उक्त तालिममा २५ जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।