प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध सहित ९ जना पक्राउ

२०८३-०७-१८

  • A
  • A-
  • A+
Share

सुनसरी र ओखलढुङ्गा जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित ९ जनालाइ पक्राउ गरिएको छ।
कात्तिक १७ गते जिल्ला प्रहरी कार्यालय सुनसरीले २२ किलो ९७६ ग्राम लागू औषध गाँजा सहित हरीनगर गाउँपालिका-१ का १९ वर्षिय नितेष कुमार मुखिया र ३२ वर्षिय सुनिल मलालाई पक्राउ गरेको छ । यसैगरी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समुह विराटनगर र इलाका प्रहरी कार्यालय इटहरी सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले इटहरी उप-महानगरपालिका-४ हलगडा स्थितबाट सोही स्थानका २० वर्षिय अविनाश रोनियार साहलाई २ ग्राम ५ मिलिग्राम लागू औषध ब्राउन सुगर सहित, इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बराहक्षेत्र नगरपालिका-२ का २५ वर्षिय सजिव राईलाई २ ग्राम ५७५ मिलिग्राम ब्राउन सुगर सहित, बराहक्षेत्र-३ का २७ वर्षिय लक्ष्मण थिङ,२२ वर्षिय राकेश काफ्ले, २३ वर्षिय रबिन कार्कीलाई प्रतिबन्धित औषधि ट्रामाडोल-१०० ट्याब्लेट र स्पास्पेन-११० ट्याब्लेट सहित पक्राउ गरेको छ ।
यसकासाथै ओखढुङ्गाको मोलुङ गाउँपालिका-३ देउराली स्थितमा सोही स्थानका १८ वर्षिय जिवन कुमार नेपाली र २३ वर्षिय सुजन तामाङलाई ४ किलो ५२० ग्राम गाँजा सहित इलाका प्रहरी कार्यालय बरुणेश्वर रामपुरले पक्राउ गरेको छ ।पक्राउ परेको सबैजनाको थप अनुसन्धान कार्य भई रहेको छ ।


सम्बन्धित समाचार
बिभिन्न मुद्दाका १५ जना फरार प्रतिवादीहरु पक्राउ
२०८३-०७-१८

विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १५ जना फरार प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न चाडपर्व लक्षित विशेष सुरक्षा योजना अनुसार परिचालन भएको प्रहरी टोलीले खोजतलासको क्रममा कात्तिक १७ गते मोरङबाट ९ जना, झापाबाट ३ जना, सुनसरीबाट १ जनालाई र उदयपुरबाट २ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट २ बर्ष १० महिना १० दिन कैद सजाय र १ लाख ८० हजार ४ सय रुपैँया जरिवाना वापतको रकम असुल उपर भएको छ भने उनीहरुलाई कैद भुक्तानको लागी कारागार पठाईएको छ ।

कोशी प्रदेश प्रहरी प्रमुखद्वारा मातहत प्रहरी प्रमुखहरुसँग Virtual माध्यमद्वारा त्रैमासिक प्रगति बिवरण समिक्षा
२०८३-०७-१७

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शेखर खनालले मातहत प्रहरी प्रमुखहरुसँग भर्चुअल माध्यमद्वारा त्रैमासिक प्रगति बिवण समिक्षा गर्नुका साथै आवश्यक निर्देशन समेत दिनु भएको छ । कार्तिक १७ गते भएको समिक्षामा कार्यसम्पादन सम्झौता बमोजिम श्रावण महिना देखि असोज महिना सम्म प्रहरी कार्यालयहरुद्वारा गरिएका कार्य प्रगति बिवरण सम्बन्धी समिक्षा, छलफल तथा अन्तरक्रिया गरिएको थियो । समिक्षामा प्रशासनिक तथा आन्तरिक व्यबस्थापन, प्रमाणमुखी अनुसन्धान, फरार प्रतिवादी पक्राउ, लागू औषध ओसार पसार तथा प्रयोगलाई नियन्त्रण, भन्सार छली नियन्त्रण, चोरी तथा लुटपाट, ला.पा.से. तथा मा.प.से. चेकजाँचमा कडाई, ध्वनि प्रदूषण, जुवाजन्य खेल,  साइबर अपराध, आर्थिक अपराध नियन्त्रण, सवारी दुर्घटना न्युनिकरण, समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बिभिन्न सचेतनामूलक कार्यक्रम लगायतका बिषयहरुमा प्रहरी नायव उपरीक्षक राम प्रसाद तिमल्सिनाले प्रस्तुतिकरण गर्नु भएको थियो । समिक्षा पश्चात कोशी प्रदेश प्रहरी प्रमुख खनालले कार्य सम्पादन सम्झौतामा उल्लेख भएका बुँदाहरुमा आधारित रहेर इमान्दारितापूर्वक र परिणाममुखी कार्य सम्पादन गर्न सबैलाई निर्देशन दिनुका साथै नजिकिदै गरेको तिहार तथा छठलाई लक्षित गरि हुने पटेकाजन्य पदार्थ बेचबिखन तथा ओसारपसारलाई रोक्न कडाईका साथ प्रहरी परिचालन गरि चेकजाँच गर्न तथा भन्सार छली, लागू औषध ओसारपोसार लगायत जुवातासजन्य खेललाई पुर्ण रुपमा नियन्त्रणमा लिन प्रहरी परिचालन गर्न निर्देशन दिनु भयो । कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठ, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा, प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया, कोशी प्रदेश प्रहरी गण विराटनगरका प्रमुख प्रहरी उपरीक्षक मान बहादुर राई लगायत सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुका साथै प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

७ हजार ८ सय २६ किलो ८१० ग्राम गाँजा सहित ट्रक नियन्त्रण
२०८३-०७-१७

उदयपुरको बेलका नगरपालिका-८ मैनामैनी स्थितबाट ७ हजार ८ सय २६ किलो ८१० ग्राम गाँजा बोकेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । कार्तिक १५ गते बेलुका विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश रामपुर उदयपुरबाट परिचालित टोलीले मैनामैनी-कोठु भित्रि सडक खण्डमा प्रदेश १-०२-००२ ख ०२०६ नम्वरको ट्रक रोकी चेकजाँच गर्ने क्रममा ट्रकमा कालो प्लाष्टिकले छोपी २४६ वटा प्लास्टिकको बोरामा प्याक गरी लोड गरेको अवस्थामा ७ हजार ८ सय २६ किलो ८१० ग्राम गाँजा बरामद गरेको हो । बरामद भएका लागू औषध गाँजा र ट्रक इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा आवश्यक कानूनी कारवाहीको लागि बुझाएको छ । ट्रकमा गाँजा बरामद भएसंगै ओसार पसारमा संलग्न चालक तथा अन्य व्यक्तिको खोज तलास तथा थप अनुसन्धान भईरहेको छ ।

सोलुखुम्बुमा २ वटा हेली दुर्घटना हुँदा १ जना मृत्यु ३ जना घाईते
२०८३-०७-१७

सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका-४, फेरुचे स्थित फेरुचे हेलिप्याडमा २ वटा हेलिकप्टर ल्यान्ड गर्ने क्रममा एक आपसमा ठक्कर लागि दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन । कार्तिक १७ गते बिहान ०८:१० बजेको समयमा फिस्टेल एयर र डाइनेष्टि ऐयरको हेलिकप्टर ल्यान्ड गर्ने क्रममा एक आपसमा ठक्कर लागि दुर्घटना हुँदा फिस्टेल एयरमा सवार भारत तमिलनाडु, चेन्नईका ४७ बर्षीय वसन्त कुमार बलरामुडुको घटनास्थलमै मृत्यु भएको र भारतीय मूलका न्युजिल्याण्ड नागरिक ४९ वर्षीय सेलिश कुमार पटेल, फिस्टेल एयरका पाइलट रविन्द्र प्रजापति घाइते भएकोमा थप उपचारको लागि प्रभु एयरको हेलीद्वारा मेडिसिटी अस्पताल काठमाण्डौं पठाइएको छ । डाइनेस्टि एयरका पाइलट प्रज्वल के.सी. निकोल निक्की अस्पताल लुक्लामा उपचार पश्चात डिस्चार्ज भई डाईनेष्टि हेलीद्वारा काठमान्डौ तर्फ गएका छन । घटना स्थलमा अस्थायी प्रहरी चौकी दिङबुचेको प्रहरी टोली रहेको छ ।

लागू औषध सहित ६ जना पक्राउ
२०८३-०७-१७

झापा, मोरङ र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित ६ जनालाई पक्राउ गरिएको छ ।कात्तिक १६ गते चेकजाँचको क्रममा झापाको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले मेचीनगर नगरपालिका-६ मेचीपुल स्थितमा मेचीनगर-१० का मेहबुब आलमलाई ११ ग्राम ४७० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय झिलझिलेले शिबसताक्षी नगरपालिका-५ का राजेन्द्र गणेश र शिवसताक्षी-६ का गंगाराम मर्डीलाई २ ग्राम ५५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा मोरङको इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे नगरपालिका-१० का रुपेश सार्कीलाई २ ग्राम ब्राउन सगुर सहित र इलाका प्रहरी कार्यालय लौकही सुनसरीले धनकुटा सागुरीगढी गाउँपालिका-६ का स्याङवो तामाङ र पाँचथर याङवरक गाउँपालिका-१ की निश्मा राईलाई ११ ग्राम १३ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।