प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रतिबन्धित लागू औषधसहित २४ जना पक्राउ

२०८३-०३-१२

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषधमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने तथा मनोपरामर्श/जनचेतना प्रदान गर्ने उद्देश्यले कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषधमा संलग्न २४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट १२० ग्राम ५६० मिलिग्राम ब्राउन सुगर, ट्रामाडोल २४ हजार ३२५ क्याप्सुल, कोलिभान ४ हजार १८५ ट्याब्लेट र डाईक्लोमाईन २ हजार २४० ट्याब्लेट, नगद ६३ हजार ८२० रुपैयाँ र १ थान मोटरसाइकल बरामद गरेको छ ।

.......................................................................................................................................................

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र अस्थायी प्रहरी पोष्ट जोरसखुवा सुनसरीबाट खटिएको प्रहरी टोलीले धरान-१७ का आङदावा तामाङ र बुद्ध दर्जीलाई प्रतिबन्धित लागु औषध कोलिभान ४ हजार १८५ ट्याब्लेट र ट्रामाडोल ४ हजार १८५ क्यापसुल सहित पक्राउ गरेको छ । रामधुनी-६ का विजय राजधामीलाई लागूऔषध नियन्त्रण व्युरो विराटनगर र इलाका प्रहरी कार्यालय पकलीले ६२ ग्राम ९३० मिलिग्राम ब्राउन सुगर र नगद ६३ हजार ८२० रुपैया सहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पकलीले इटहरी-१७ का साहीदुल मियालाई ९६० मिलिग्राम ब्राउन सुगर सहित र ओखलढुङा सिद्धीचरण नगरपालिका- १ का युवराज बस्नेत, सुन्दरहरैचा- ८ का लाल बहादुर थापा र इटहरी- १७ का सौकात मियालाई ६८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय देवानगंजले देवानगंज गाउँपालिका-२ स्थितमा बेवारिसे अवस्थामा रहेको को. २२ प २८१७ नम्बरको मोटरसाईकलमा ट्रामाडोल १८ हजार क्याप्सुल बरामद गरेको छ ।

चेकजाँचकै क्रममा इलाका प्रहरी कार्यालय कुमरखोदले दमक- ८ का ३२ बर्षीय ईन्द्र प्रसाद गिरी र दमक- ७ की ३८ बर्षीया सन्जु खत्रीलाई ४४ ग्राम ४६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने बिर्तामोड-५ का रोशन श्रेष्ठ र अर्जुनधारा- ६ का प्रबिण श्रेष्ठलाई ४ ग्राम ६३० मिलिग्राम र बिर्तामोड-२ का अनिल लुईटेललाई ३५० मिलिग्राम ब्राउन सुगर सहित बिर्तामोड- ३ बाट कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धुलबारीले मेचिनगर नगरपालिका- १० का अस्पात शेखलाई १ ग्राम ८० मिलिग्राम, नसरु मिया र अक्लिमा खातुनलाई २ ग्राम १३० मिलिग्राम सहित पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरले भद्रपुर नगरपालिका- ७ का सुनिल धिमाललाई २ ग्राम १० मिलिग्राम, दमक- ५ बाट इलाका प्रहरी कार्यालय दमकले पाँचथर फिदिमका हितेश तावाहाङ र निरोज तामाङलाई १ ग्राम २९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

त्यस्तै मोरङको अस्थायी प्रहरी पोष्ट हसन्दहले लागूऔषध ट्रामाडोल र डाईक्लोमाईन ४ हजार ३८० चक्की सहित पथरीशनिश्चरे नगरपालिका-५ कस सुरज ऋषिदेव, लुखिराम सोरेन, धनपालथान गाउँपालिका-४ का उमर हुसेन र सुनबर्सी-२ का सागर गनगाईलाई पक्राउ गरेको छ भने अस्थायी प्रहरी चौकी सोमबारेले ४० मिलिग्राम ब्राउन सुगर सहित बेलबारी- ९ का निरज चौधरी र मनिष तामाङलाई पक्राउ गरेको छ ।


सम्बन्धित समाचार
लागू औषधसहित ९ जना पक्राउ
२०८३-०४-३०

झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट लागू औषधसहित ९ जनालाई पक्राउ गरिएको छ । साउन २९ गते झापाको बिर्तामोड नगरपालिका-३ स्थितमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले प्र.१-०१-००२ ह ७८६६ नम्बरको सिटी सफारीलाई शंका लागी  चेकजाँच गर्दा बिर्तामोड नगरपालिका-१ का ४० वर्षीय सन्तोष राजवंशीलाई १ ग्राम ५०० मिलिग्राम लागू औषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । त्यसैगरी, मोरङको सुन्दरहरैँचा नगरपालिका-५ स्थितबाट प्रदेश अनुसन्धान समूह (PIT) र अस्थायी प्रहरी चौकी बलियाबाट खटिएको संयुक्त प्रहरी टोलीले सोही स्थानका २२ वर्षीय प्रशान्त मगरलाई ३९० मिलिग्राम ब्राउन सुगरसहित, इलाका प्रहरी कार्यालय लेटाङले लेटाङ नगरपालिका-३ का १८ वर्षीय सुरज लिम्बूलाई १०० ग्राम गाँजासहित र इलाका प्रहरी कार्यालय पथरीले कानेपोखरी गाउँपालिका-६ का २४ वर्षीय निमेष घिमिरेलाई २ ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । यसैगरी, सुनसरीको इटहरी उपमहानगरपालिका-१० स्थितबाट प्रदेश अनुसन्धान समूह (PIT) र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त प्रहरी टोलीले इटहरी उपमहानगरपालिका-१० का ४१ वर्षीय मोहन गुरुङ, ४९ वर्षीया कुमारी राई र इटहरी-४ का २३ वर्षीय अर्जुन काफ्लेलाई ५ ग्राम ८५० मिलिग्राम ब्राउन सुगर तथा नगद १८ हजार ५० रुपैयाँसहित पक्राउ गरेको छ । त्यसैगरी, इलाका प्रहरी कार्यालय धरानले धरान उपमहानगरपालिका-८ का २८ वर्षीय मनोज पाण्डे र धरान-१५ का २२ वर्षीय पवन सापकोटालाई ट्रामाडोल ८७० क्याप्सुल, स्पास्पेन ८६५ क्याप्सुल तथा २५० ग्राम गाँजासहित पक्राउ गरेको छ । पक्राउ परेका सबैजनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

मर्यादापालकको दक्षता अभिवृद्धि अनुशिक्षण” तालिममको समापन
२०८३-०४-२९

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा संचालित ५ कार्य दिन आवधिको “मर्यादापालकको दक्षता अभिवृद्धि अनुशिक्षण” तालिम प्रथम समूहको कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालको प्रमुख आतिथ्यतामा साउन २९ गते समापन भएको छ । तालिम समापन कार्यक्रमलाई सम्बोधनको क्रममा प्रमुख आतिथि खनालले संसदीय बैठकलाई सुरक्षित, व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गराउन मर्यादापालकको भूमिका महत्वपूर्ण हुने हुँदा बैठकमा सुरक्षा व्यवस्थापन, प्रवेश नियन्त्रण तथा आकस्मिक अवस्थामा प्रभावकारी रूपमा परिचालन भई परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । उहाँले तालिमका क्रममा प्राप्त ज्ञान, सीप र अनुभवलाई कार्यक्षेत्रमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न, आफ्नो जिम्मेवारी निर्वाह गर्दा अनुशासन, संयमता, व्यावसायिकता र समन्वयलाई विशेष प्राथमिकता दिन जोड दिनुभयो । उहाँले तालिमरत प्रशिक्षार्थीहरूबाट उठेका जिज्ञासाहरूको समेत सम्बोधन गर्नुका साथै आवश्यक स्पष्टता समेत प्रदान गर्नु भएको थियो ।तालिम समापन कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक गजेन्द्र रायाले तालिम सम्बन्धी प्रतिवेदन पेश गर्नु भएको थियो । कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा, कोशी प्रदेश सभा सचिवालयका उप-सचिव अर्जुन घिमिरे, प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीया सहित प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो । कोशी प्रदेश सरकार मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रदेश सहयोग कार्यक्रम अन्तरगत साउन २५ गतेबाट संचालन भएको ५ कार्य दिनको उक्त तालिममा २५ जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

लागू औषध सहित ९ जना पक्राउ
२०८३-०४-२८

झापा, सुनसरी र इलाम जिल्लाको विभिन्न स्थानहरुबाट साउन २७ गते लागू औषध सहित ९ जनालाई पक्राउ गरिएको छ । झापाको मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुलबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले अर्जुनधारा नगरपालिका–११ का २३ वर्षिय मानजित करुवालाई ५ ग्राम २१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरीको धरान उप-महानगरपालिका–१९ स्थितबाट वडा प्रहरी कार्यालय धरानको प्रहरी टोलीले धरान–१० का १७ वर्षिय ईमन तेम्बे र धरान–११ की ३३ वर्षिया अमृत लिम्बुलाई ६६० मिलिग्राम ब्राउन सुगर सहित, जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा नगरपालिका–३ स्थितबाट इटहरी उप-महानगरपालिका–२० का ३१ वर्षिय दिपेन्द्र राईलाई ५ ग्राम ४ मिलिग्राम ब्राउन सुगर सहित, इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी बरगाछीले धरान–८ का २८ वर्षिय बुद्ध लिम्बु र धरान–८ का २२ वर्षिय साइमन राईलाई प्रतिबन्धित औषधी ट्रामाडोल १७० क्याप्सुल, स्पास्पेन १७० चक्की,  कोलिवान ५० पिस सहित र लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वर लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारत बिहारका १९ वर्षिय ईस्मत उल्हालाई ३०४ ग्राम ११० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसकासाथै इलामको चुलाचुली गाउँपालिका–३ स्थितबाट प्रहरी चौकी पेल्टिमारीले सोही स्थानका २९ वर्षिय अमर राई र २४ वर्षिय बिकास गिरीलाई ५ ग्राम ३८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।  पक्राउ परेका सबै जनाको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको छ ।

कोशी प्रदेश प्रहरी प्रमुखबाट इलाका प्रहरी कार्यालय काकडभिट्टा र अनारमनीको निरीक्षण
२०८३-०४-२७

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले साउन २७ गते इलाका प्रहरी कार्यालय काकडभिट्टा झापा र इलाका प्रहरी कार्यालय अनारमनी झापाको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । निरीक्षणको क्रममा उहाँले कार्यालय तथा शाखाहरुको अभिलेख व्यवस्थापन तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई सुशासनलाई संस्थागत गर्दै नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ । त्यसैगरी काँकडभिट्टा प्रमुख अन्तर्राष्ट्रिय नाका भएकाले सीमा क्षेत्रमा हुन सक्ने अवैध घुसपैठ, लागूऔषध ओसार पसार, भन्सारछली लगायत अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि चेकजाँचकाई प्रभावकारी बनाउन, पुर्वी नकाबाट नेपाल भ्रमणको लागी आउनु हुने विदेशी नागरिकहरुसँग नम्र, शिष्ट र सभ्य व्यवहार गर्दै आगमनदेखि प्रस्थान बिन्दु सम्म सहजीकरण र आवश्यक सहयोग उपलव्ध गराउन निर्देशन दिनु भएको छ । यसै गरी निर्माणाधीन राजमार्गमा दुर्घटना न्यूनीकरणका लागि पर्याप्त रिफ्लेक्टर स्टिकर तथा सडक चिन्ह राख्ने व्यवस्था मिलाउन र साइबर अपराध, लागुऔषध दुर्व्यसन विरुद्ध समुदाय स्तरमा सचेतनामूलक कार्यक्रमहरूलाई प्रभावकारीरुपमा सञ्चालन गर्न जोड दिनु भएको छ । निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक बसुन्धरा खडका र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब उपरीक्षक राम प्रसाद तिमल्सिना समेतको उपस्थिति रहेको थियो ।

लागू औषध सहित १२ जना पक्राउ
२०८३-०४-२७

झापा, मोरङ, सुनसरी र धनकुटा जिल्लाको विभिन्न स्थानहरुबाट साउन २६ गते लागू औषध सहित १२ जनालाई पक्राउ गरिएको छ । झापाको भद्रपुर नगरपालिका–५ स्थितबाट वडा प्रहरी कार्यालय भद्रपुर झापाले भद्रपुर–३ का २४ वर्षिय अभिषेक तामाङलाई लागू औषध ब्राउन सुगर ३ ग्राम ३९ मिलिग्राम सहित र इलाका प्रहरी कार्यालय दमकले दमक नगरपालिका-२ का २९ वर्षिय सन्तोष थापालाई ६ ग्राम १७० मिलिग्राम ब्राउन सुगर र डिजिटल तराजु थान–१ सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले सुनसरीको धरान उप-महानगरपालिका–१४ का ३५ वर्षिय शंकर तामाङलाई ३ ग्राम ७०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।   यसकासाथै सुनसरीको इटहरी उप-महानगरपालिका –८ गैसार स्थितमा लागू औषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशीक अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको संयुक्त प्रहरी टोलीले इटहरी ३-का २९ वर्षिय सरोज काफ्ले र भारत घर भई इटहरी–८ गैसारमा डेरा गरी बस्ने ३२ वर्षिय अवदेश सिंहको कोठा खान तलासी गर्दा १० ग्राम ५७० मिलिग्राम ब्राउन सुगर फेला परे संगै दुबैजनालाई नियन्त्रणमा लिएको हो भने सोही टोली र इलाका प्रहरी कार्यालय पकलीको संयुक्त प्रहरी टोलीले इटहरी–२ की २९ वर्षिया भावना गुरुङलाई १० ग्राम ७०० मिलिग्राम ब्राउन सुगर सहित इटहरी-१७ स्थितबाट पक्राउ गरेको छ । यस्तै जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी चौकी बसपार्कले को.१२ प.७९६४ नम्बरको स्कुटरमा रहेका इटहरी–१७ का १९ वर्षिय राम बाबु चौधरी र १८ वर्षिय आकेश कुमारलाई २ ग्राम ६७० मिलिग्राम ब्राउन सुगर सहित,  इटहरी–१७ का २२ वर्षिय अभिषेक चौधरी २४ वर्षिय समिर कुमार र मोरङ उर्लाबारी नगरपालिका–६ घर भई हाल इटहरी–६ मा डेरा गरी बस्ने ३१ वर्षिय सुरज कार्कीलाई २ ग्राम ८ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्ताङले धनकुटाको शहिदभूमी गाउँपालिका–२ कामीटोल स्थितबाट सोही स्थानका ३१ वर्षिय रविन्द्र राईलाई प्रतिबन्धित औषधी ट्रामाडोल -१५० क्याप्सुल र स्पास्रेट- १५० क्याप्सुल सहित पक्राउ गरेको छ ।