लागू औषध सहित ७ जना पक्राउ
२०८३-०६-१७
- A
- A-
- A+
झापा, सुनसरी र पाँचथरबाट लागू औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज १६ गते सुनसरीको हरिनगरा गाउँपालिका- ७ स्थित बाँसघारीमा बेवारिसे अवस्थामा रहेको ६१ किलोग्राम लागू औषध गाँजा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर PIT र प्रहरी चौकी घुस्कीहाटले बरामद गरेको हो । त्यस्तै झापाको बिर्तामोड- ४ बाट लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीले प्र.१-०१-००२ ह ३२७५ नम्बरको सिटी चालक मोरङ कटहरी गाउँपालिका- ४ का निजाम मिया, सिटीमा सवार सुगन्दा मण्डल र इलामकी लक्ष्मी दर्जीलाई ७ ग्राम ०७ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरले फिदिम नगरपालिका- १ बाट ट्रामाडोल र स्पास्पेन गरी जम्मा २ हजार ५४० ट्याब्लेट सहित बेचबिखनमा संलग्न हिलिहाङ गाउँपालिका- ७ का उज्वल तिम्सिना र ३ जना बलाकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।