लागू औषध सहित ४ जना पक्राउ
२०८३-०५-११
- A
- A-
- A+
सुनसरी, झापा, मोरङ र धनकुटाबाट लागू औषध सहित ४ जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय देवानगंज सुनसरीले बेबारीसे अवस्थामा रहेको ४ सय १३ किलो ९८ ग्राम गाँजा बरामद गरेको छ । भदौ १० गते बिहान सुनसरीको देवानगंज गाँउपालिका-०१ मध्यहर्षाही स्थित राम जानकी मन्दिर पछाडी रहेको गाई गोठमा को कसले लागू औषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले कालो पलाष्टिकले बेरेर सेतो बोरा भित्र राखेको ४ सय १३ किलो ९८ ग्राम औषध गाँजा बरामद गरे संगै गोठको पछाडी बेबारीसे अवस्थामा रोकेर राखेको BR 38 R 0558 नम्बरको भारतीय मोटरसाईकल समेत नियन्त्रणमा लिएको छ ।
त्यसैगरी झापाको प्रहरी चौकी शरणामती र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले झापा गाउँपालिका-५ स्थितबाट बिर्तामोड नगरपालिका-२ चारपाने का २८ वर्षीय सनम श्रेष्ठ र मोरङको मिक्लाजुङ गाउँपालिका-१ जितपुर का २१ वर्षीय संगीत राईलाई ४ ग्राम ४८ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
त्यसैगरी मोरङको इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले रंगेली नगरपालिका-४ चोप्राहास्थितबाट कानेपोखरी गाउँपालिका-५ का २७ वर्षीय सन्देश राईलाई २ ग्राम ८ सय ४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने जिल्ला प्रहरी कार्यालय धनकुटाले धनकुटा नगरपालिका-६ का ३३ वर्षीय रमेश वि.कलाई २ सय ९५ ग्राम गाँजा सहित पक्राउ गरेको छ । उक्त घटनाहरू सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।