बिभिन्न मुद्दाका ४ जना फरार प्रतिवादी पक्राउ
२०८३-०६-०२
- A
- A-
- A+
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ४ जना प्रतिवादीलाई प्रहरीले खोजतलासको क्रममा पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोज तलासको क्रममा असोज १ गते मोरङबाट ३ जना र सुनसरीबाट १ जना गरी जम्मा ४ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट २५ महिना कैद सजाय र ६ हजार ५०० रुपैयाँ जरिवाना वापतको रकम असुल उपर भएको छ भने कैद भुक्तानको लागी कारागार पठाएको छ ।