लागू औषध सहित ६ जना पक्राउ
२०८३-०४-०१
- A
- A-
- A+
कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियान अन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको साथबाट ब्राउन सुगर २ ग्राम ७८० मिलिग्राम बरामद भएको छ ।
------------------- --------------------------- ------------------------ ---- ---------
सुनसरीको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बराहक्षेत्र नगरपालिका–६ का ३२ वर्षीय अशोक राई र ४६ वर्षीय ईश्वर कुमार कार्कीलाई १ ग्राम ६७० मिलिग्राम ब्राउन सुगर र को १७ प ८३२९ नम्बरको मोटरसाइकल सहित नियन्त्रणमा लिएको छ । यसैगरी झापाको इलाका प्रहरी कार्यालय केचनाले कचनकवल गाउँपालिका–२ का ३२ वर्षीय विशाल गाईने र २३ वर्षीय सिद्धार्थ गाईनेलाई १८० मिलिग्राम ब्राउन सुगर सहित र मोरङको अस्थायी प्रहरी चौकी कुशलबजारले पथरीशनिश्चरे नगरपालिका–६ का २४ वर्षीय शिवलाल किस्कु सतार र २३ वर्षीया रुबिना महरालाई १ ग्राम ११० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।