लागू औषध सहित ९ जना पक्राउ
२०८३-०६-२०
- A
- A-
- A+
झापा, मोरङ र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित ९ जनालाई पक्राउ गरिएको छ ।
असोज १९ गते झापाको लागु औषध व्युरो नियन्त्रण काकँडभिट्टा र प्रहरी चौकी शरणामतिबाट खटिएको प्रहरी टोलीले कनकाई नगरपालिका ९ का ३८ वर्षिय सन्तोष चौधरी, ३० वर्षिय बिकास चौधरी र झापा गाउँपालिका ५ का २७ वर्षिय संजय दनुवारलाई ४ ग्राम ६७० मिलिग्राम ब्राउन सुगर सहित, भारत देश किशनगंज थानाका २८ वर्षिय फिरोद आलमलाई २५ ग्राम १५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी मोरङको इलाका प्रहरी कार्यालय रानीले इटहरी उप-महानगरपालिका- २ का ३३ वर्षिय योगेन मगरलाई १ ग्राम १८० मिलिग्राम ब्राउन सुगर र जहदा गाउँपालिका १ कुडरीया स्थितमा बेवारिसे अवस्थामा बोरामा ८४ किलो ८५० ग्राम लागू औषध गाँजा फेला पारेको छ भने इलाका प्रहरी कार्यालय उर्लाबारीले मिक्लाजुङ गाउँपालिका ७ का ३१ वर्षिय धिरेन मगरलाई ८१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ।
यसैगरी प्रादेशिक अनुसन्धान समुह र सुनसरीको इलाका प्रहरी कार्यालय ईटहरीको संयुक्त प्रहरी टोलीले इटहरी उप-महानगरपालिका ४ का ३० वर्षिय अनिष श्रेष्ठलाई १ ग्राम ५२० मिलिग्राम ब्राउन सुगर सहित र अस्थायी प्रहरी चौकी तिनकुनेले धरान उप-महानगरपालिका- ३ का २८ वर्षिय अनिष शाक्य र १६ वर्षिय रवि सहनीलाई ४६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
पक्राउ परेको सबैजनाको थप अनुसन्धान भई रहेको छ ।