लागू औषध सहित ६ जना पक्राउ
२०८३-०४-२५
- A
- A-
- A+
मोरङ, झापा र सुनसरीबाट लागू औषध सहित ६ जना पक्राउ परेका छन् । साउन २४ गते मोरङको, सुनवर्षी नगरपालिका-८ स्थितमा प्रहरी चौकी सिक्टीबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले मोरङ, उर्लाबारी नगरपालिका-२ का ३२ वर्षीय प्रेम बहादुर नेपाली र २५ वर्षीय सुजन धिमाललाई २ ग्राम २७० मिलिग्राम ब्राउन सुगर सहित, प्रहरी चौकी रमाइलो मोरङले मोरङको लेटाङ नगरपालिका-३ का ३८ वर्षीय टंक प्रसाद राईलाई ३ ग्राम २५० मिलिग्राम ब्राउन सुगर र प्र.१-०२-०४३ प ९९१६ नम्बरको स्कुटर सहित नियन्त्रणमा लिएको छ ।
त्यसैगरी झापाको भद्रपुर नगरपालिका-५ स्थितबाट वडा प्रहरी कार्यालय भद्रपुर र सिमा सुरक्षा गुल्म भद्रपुर झापाबाट खटिएको संयुक्त प्रहरी टोलीले मोरङको विराटनगर महानगरपालिका-६ घर भई हाल झापा बिर्तामोड नगरपालिका-३ बिर्ताबजारमा बस्दै आएका ३० वर्षीय संजिव सहनीको साथबाट ४ ग्राम ९३ मिलिग्राम ब्राउन सुगर फेला पारी निजलाई पक्राउ गरिएको छ ।
त्यसैगरी सुनसरीको इटहरी उपमहानगरपालिका-२ पशुपती चोकस्थितमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशीक अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको संयुक्त प्रहरी टोलीले मोरङ मिर्गौलिया-९ का ३२ वर्षीय सुमन कार्की र सुनसरीको इटहरी उप-महानगरपालिका-२ का २१ वर्षीय संजिप पौडेललाई चेकजाँच गर्दा ७१० मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरिएको छ । पक्राउ परेका सबैको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको छ ।