लागू औषधसहित ८ जना पक्राउ
२०८३-०३-२८
- A
- A-
- A+
कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियानअन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न ८ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको साथबाट गाँजा २ किलो ९५७ ग्राम, ब्राउन सुगर ७ ग्राम ९४० मिलिग्राम बरामद भएको छ ।
....................... ....................... .................................. ...................................... .....................
संखुवासभाको जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा खाँदबारी नगरपालिका–८ अर्चलेस्थित रत्न बहादुर मगरको घरमा खानतलासी गर्दा घरभित्र बोरामा लुकाईछिपाई राखेको २ किलो ९५७ ग्राम गाँजा बरामद गरी स्थानीय ७० वर्षीय रत्न बहादुर मगरलाई पक्राउ गरिएको छ ।
यसैगरी सुनसरीको कोशी गाउँपालिका–१ लौकही बजारस्थित इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको BR38V0784 नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा मोटरसाइकलमा लुकाईछिपाई राखेको १ ग्राम ८२० मिलिग्राम ब्राउन सुगर बरामद गरी चालक कोशी गाउँपालिका–६ का सुरेन्द्र महत्तोलाई पक्राउ गरिएको छ । यसैगरी
चेकजाँचकै क्रममा सुनसरीको इटहरी उपमहानगरपालिका–१ आदर्श टोलस्थित इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका–२० का ३६ वर्षीय हरी प्रसाद पराजुलीलाई ५१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ ।
यसैगरी झापाको झापा गाउँपालिका–४ सुकुम्बासी बस्तीस्थित प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका भारत, जिल्ला अररिया, पलासीका मोहम्मद मुक्तर र नसाद आलमको साथबाट १ ग्राम ७१० मिलिग्राम ब्राउन सुगर बरामद गरी दुवै जनालाई पक्राउ गरिएको छ ।
त्यसैगरी मोरङको कानेपोखरी गाउँपालिका–५ कर्म टोलस्थित एक घरमा लागू औषध सेवन तथा कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी रमाइलोबाट खटिएको प्रहरी टोलीले ३ ग्राम ९०० मिलिग्राम ब्राउन सुगर सहित कानेपोखरी गाउँपालिका–५ का १९ वर्षीय संजय मुसहर, ४१ वर्षीय संजय चौधरी र लेटाङ नगरपालिका–३ का २४ वर्षीय रमेश सुबेदीलाई पक्राउ गरेको छ ।
पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ ।