लागूऔषध गाँजा बोकेको ट्रक नियन्त्रणमा
२०८३-०६-०७
- A
- A-
- A+
इलामको इलाम नगरपालिका-९ भञ्ज्याङ स्थित मेचीराजमार्गबाट १ हजार ५ सय ४ किलो ६१० ग्राम लागू औषध गाँजा बोकेको ना. ४ ख ८९९६ नम्वरको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । असोज ६ गते बेलुकी प्रहरी चौकी गोलाखर्कबाट गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ट्रकमा फल्स बटम बनाएर त्रिपालले छोपी प्लास्टिको ४१ वटा बोरामा लुकाई छिपाई राखेको अवस्थामा १ हजार ५ सय ४ किलो ६१० ग्राम गाँजा बरामद गरेको थियो । लागू औषध गाँजा बरामद भएसंगै उक्त ट्रक नियन्त्रणमा लिएको छ भने ओसार पसारमा संलग्न चालकको खोजी कार्य भईरहेको छ ।