लागू औषध सहित २ जना पक्राउ
२०८३-०५-०२
- A
- A-
- A+
झापा र मोरङबाट लागू औषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ ०१ गते झापाको बिर्तामोड नगरपालिका- ३ स्थित विशेष सूचनाको आधारमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले भारत बिहार सुपौलका मोहमद तोहिदलाई ५ ग्राम ५५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । त्यस्तै मोरङको सुन्दरहरैचा नगरपालिका- १ का ४९ बर्षीय सुन्दर लाल चौधरीलाई इलाका प्रहरी कार्यालय बेलबारी र हरैचाले उनकै घरबाट ३ किलो ७६० ग्राम गाँजा र नगद २ लाख ७१ हजार सहित पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।