लागू औषध सहित ५ जना पक्राउ
२०८३-०३-३१
- A
- A-
- A+
कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियान अन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको साथबाट ब्राउन सुगर ७१ ग्राम ९१० मिलिग्राम बरामद भएको छ ।
चेकजाँचको क्रममा मोरङको अस्थायी प्रहरी चौकी कुशलबजारले प्र.१–०२–०४९ प ५८७८ नम्बरको मोटरसाइकल चालक सुनवर्षी नगरपालिका–१ बस्ने २५ वर्षीय सुनिल पासवानलाई ७५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी इलाका प्रहरी कार्यालय बेलबारीले बेलबारी नगरपालिका–४ का सुनिल राईलाई ६१ ग्राम ९२० मिलिग्राम ब्राउन सुगर र नगद ७२ हजार सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय दमकले इलामको माङसेबुङ गाउँपालिका–३ का अम्बर साम्बालाई ३२० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । चेकजाँचकै क्रममा अस्थायी प्रहरी चौकी गरामनीले भद्रपुर नगरपालिका-४ का मनिष लिम्बुलाई १ ग्राम ३५० मिलिग्राम ब्राउन सुगर सहित र सुनसरीको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले धरान उपमहानगरपालिका–१८ का सौगात सुनुवारलाई ७ ग्राम ५७० मिलिग्राम ब्राउन सुगर र को २८ प २४३२ नम्बरको स्कुटर सहित नियन्त्रणमा लिएको छ ।