लागू औषध सहित ५ जना पक्राउ
२०८३-०३-२०
- A
- A-
- A+
कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषधमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श/जनचेतना प्रदान गर्ने उद्देश्यले कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषधमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनिहरूको साथबाट १२ ग्राम ४१ मिलिग्राम ब्राउन सुगर, चरेस ३९ मिलिग्राम र गाँजा ६ किलो २८० ग्राम बरामद गरेको छ ।
.......................................................................................................................................................
मोरङको कटहरी गाउँपालिका- २ स्थितबाट प्रहरी चौकी कटहरीले ब्राउन सुगर ७ ग्राम ४१ मिलिग्राम र चरेस ३९ मिलिग्राम सहित प्रदिप सिंह, राकेश सिंह र कटहरी- ४ कपिल मुखीयालाई पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय रानी र बुधनगरले जहदा गाउँपालिका- २ बाट जहदा गाउँपालिका- ७ का एक बालकलाई गाँजा ६ किलो २८० ग्राम सहित नियन्त्रणमा लिएको छ । त्यस्तै सुनसरीको धरान- ५ बाट कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, अस्थाई प्रहरी पोष्ट जोरसखुवा र देउरालीले धरान- ५ का पर्वत दर्जीलाई ५ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।